Techie IT
गृहपृष्ठसमाचारबिदुर ८ बाट एकै चोटी १५० भन्दा बढि एमालेमा प्रवेश

बिदुर ८ बाट एकै चोटी १५० भन्दा बढि एमालेमा प्रवेश

१ शय ५० जना भन्दा बढि नेकपा एमालेमा प्रवेश


बिभिन्न पार्टी परित्याग गरि १ शय ५० जना भन्दा बढि नेकपा एमालेमा प्रवेश गरेका छन् ।
प्रवेश गर्नेमा चेम्बर अफ कमर्सका केन्द्रीय सदस्य श्रीकृष्ण रिजाल पनि रहेका छन् । नुवाकोटको विदुर नगरपालिका वडा नम्बर ८ मा भएको पार्टी प्रवेश कार्यक्रममा रिजालसहित १ शय ५० जनाले एमालेको सदस्यता लिएका छन
नेकपा एमालेका नेता एवं बागमती प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री केशवराज पाण्डे र नेकपा एमालेकी नेतृ विन्दा ढुंगानाले विदुर नगरपालिका वडा नम्बर ८ केउरेनी बाट एमाले प्रवेश गर्ने १५० जना कांग्रेस, माओवादी र राप्रपाका नेता कार्यकर्तालाई एमालेमा स्वागत गरेका थिए ।
एमालमा प्रवेश गर्नेहरुको स्वागत गर्दै मन्त्री पाण्डेले एमालले नागरिकको हितमा काम गर्ने बताए । उनले नागरिकले आफ्ना ठाउँका समस्या र गुनासा जस्ताको त्यस्तै राखे एमालेले त्यसको निकासका लागि मध्यस्कर्ताको भूमिका निर्वाह गर्ने बताए ।
त्यस्तै मन्त्री पाण्डेले विदुर नगरपालिकाको केउरेनीमा पहिरोको समस्या रहेको भन्दै नियन्त्रणका लागि बागमती प्रदेश सरकारका तर्फबाट तत्कालै पहल हुने प्रतिवद्धता जनाए । उनले खोला पुल निर्माण गर्ने र सडक स्तरोन्तिका लागि पनि एमालेले पहल गर्ने बताए ।
यस्तै कार्यक्रममा नेकपा एमालेकी नेतृ विन्दा ढुंगानाले जनताको एकमात्र पार्टी एमाले रहेको भन्दै स्थानीयस्तरदेखि नै सहयोग गरेको खण्डमा जनताका इच्छा र आकांक्षा पूरा गर्न एमालेले काम गर्न सक्ने बताइन । उनले पार्टी प्रवेश गरेकाहरूलाई उचित जिम्मेवारी दिएर अघि बढाइने बताउँदै सामाजिक काममा समेत एमालेका नेता कार्यकर्ताको उत्तिकै सक्रियता आवश्यकता रहेको बताइन ।
पार्टी प्रवेश कार्यक्रममा एमाले नुवाकोटका कार्यलय सचिव अरुण श्रेष्ठ, क्षेत्र नम्बर दुईका पार्टी संयोजक तथा विदुर ५ का वडा अध्यक्ष शिव चित्रकार, ९ नम्बर वडाका अध्यक्ष शनि चित्रकार, विदुर नगर कमिटीका सह ईन्चार्ज प्रल्हाद खतिवडा, विदुर नगर कमिटीका सचिव अनुज कुमार श्रेष्ठ, नेताहरु रामचन्द्र श्रेष्ठ, अपार बोहरा, गोपाल रिजाल, हरि रिजाल, रविन श्रेष्ठ लगायत उपस्थित रहेका थिए ।


क्याटेगोरी : समाचार
ट्याग : #hot 100

प्रतिक्रिया दिनुहोस