Techie IT
गृहपृष्ठसमाचारनुवाकोटको चार स्थानमा यात्रु सहायता कक्ष स्थापना

नुवाकोटको चार स्थानमा यात्रु सहायता कक्ष स्थापना

दशै तिहार तथा छठ पर्वलाई लक्षित गरी नुवाकोटको चार स्थानमा यात्रु सहायता कक्ष स्थापना गरिएको छ ।


दशै तिहार तथा छठ पर्वलाई लक्षित गरी नुवाकोटको चार स्थानमा यात्रु सहायता कक्ष स्थापना गरिएको छ ।
जिल्ला प्रहरी कार्यलय नुवाकोट र जिल्ला ट्राफिक प्रहरी कार्यलय नुवाकोटको संयुक्त आयोजनामा अस्थाई ट्राफिक प्रहरी पोष्ट ककनी, ट्राफिक प्रहरी पोष्ट तारुका, ट्राफिक प्रहरी पोष्ट गुर्जेभञ्ज्याङ र सदरमुकामलाई लक्षित गरि बट्टारमा यात्रु सहायता कक्ष स्थापना गरिएको हो । चाडपर्वको बाहानामा यात्रुसँग सवारी साधानले बढी भाडा लिएमा, स्वास्थ्य मापदण्ड विपरित सवारी सञ्चालन गरेमा, यात्रुहरुमा दुव्र्यव्यहार भएमा, क्षमताभन्दा वढी यात्रु सवारी साधनले यात्रा गराएमा ती सहायता कक्षमा यात्रुहरुले गुनासो दर्ता गराउन सक्नेछन् ।
यात्रुहरुको गुनासो तत्काल सुनुवाई गर्नलाई सहज बनाउन यात्रु सहायता कक्ष स्थापना गरिएको र जिल्ला ट्राफिक प्रहरी कार्यलयले जनाएको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #hot 100

प्रतिक्रिया दिनुहोस