Techie IT
गृहपृष्ठसमाचारनेपाली काङ्ग्रेसको १४औँ महाधिवेसन अन्तर्गत रहेर नुवाकोटको स्थानीय तहहरुमा शनिवार सम्पन्न भएको अधिवेसनको सबै नतिजा सार्वजनिक

नेपाली काङ्ग्रेसको १४औँ महाधिवेसन अन्तर्गत रहेर नुवाकोटको स्थानीय तहहरुमा शनिवार सम्पन्न भएको अधिवेसनको सबै नतिजा सार्वजनिक


नेपाली काङ्ग्रेसको १४औँ महाधिवेसन अन्तर्गत रहेर नुवाकोटको स्थानीय तहहरुमा शनिवार सम्पन्न भएको अधिवेसनको सबै नतिजा सार्वजनिक भइसकेको छ ।

सार्वजनिक नतिजा अनुसार विदुर नगरपालिकाको सभापतीमा हरिलाल श्रेष्ठ निर्वाचित हुनुभएको छ । उहाँले १ सय ३६ मत प्राप्त गर्नुभएको थियो भने उहाँको प्रतिष्पर्धी वद्रिप्रसाद रिमालले १ सय ३५ मत प्राप्त गर्नुभएको थियो । यस्तै नगर कमिटिको उपाध्यक्षहरुमा भिमसेन अर्याल र सुमन अधिकारी, सचिवहरुमा अच्युतराज महन्त गिरी र सुजन गजुरेल विजयी भएका छन् । यस्तै सहसचिवहरुमा रविन्द्र रिजाल र लोकनाथ रिमाल निर्वाचित भएका छन् । विदुर नगगरपालिकामा भएको निर्वाचनको मतगणना आइतवार दिउसो सकिएको हो ।

यस्तै वेलकोटगढी नगरपालिकाको शनिवार राती नै मत परिणाम सार्वजनिक भएको थियो । सार्वजनिक मत परिणाम अनुसार वेलकोटगढी नगरपालिकामा लेखनाथ मुडवरीको प्यानल नै विजयी भएको छ । मुडवरीको प्यानलमा रहेका उपाध्यक्षका दुर्गाप्रसाद पुडासैनी, दुर्लभबहादुर तामाङ, सचिवमा प्रेमप्रसाद लामिछाने, हकर्कबादुर तामाङ, सहसचिवमा अर्जुनप्रसाद दाहाल र राजु मान लामा निर्वाचित भएका हुन् ।

जिल्लाको १२ स्थानीय तह मध्ये लिखु गाउँपालिका, दुप्चेश्वर गाउँपालिका, सूर्यगढी गाउँपालिका र किस्पाङ गाउँपालिकमा सर्वसम्मत रुपले नेतृत्व चयन भएको थियो । लिखु गाउँपालिकामा विनोद पाठक, दुप्चेश्वर गाउँपालिकामा रोजलाल मोक्तान, सूर्यगढी गाउँपालिकामा संकर प्याकुरेल र किस्पाङ गाउँपालिकामा रणबहादुर तामाङ निर्बिरोध सभापतीमा चयन भएका हुन् ।

यस्तै निर्वाचन प्रणली मार्फत सम्पन्न अधिवेसनले पञ्चकन्या गाउपालिकामा माधव खनाल, म्यागङ गाउँपालिकामा सिंहराज तामाङ, तादी गाउपालिकामा नारायणप्रसाद पाण्डे,

ककनी गाउँपालिकामा भाग्य श्री लामा, शिवपुरी गाउँपालिकामा कविराज गुरुङ र तारकेश्वर गाउँपालिकामा केशव अर्याल सभापतीमा निर्वाचित भएका छन् ।


क्याटेगोरी : समाचार
ट्याग : #hot 100

प्रतिक्रिया दिनुहोस