कृषि क्षेत्रको रुपान्तरणको लागि काम गर्छु ः कृषि तथा सहकारी राज्यमन्त्री मैनाली
बागमती प्रदेश सरकारका भूमिव्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री बद्री मैनालीले कृषि क्षेत्रको रुपान्तरणको लागि काम गर्ने बताउनु भयो ।
विदुरस्थित नेकपा एमाले पार्टी कार्यालयमा आयोजित कार्यक्रममा उहाँले आफूले जनता र आम किसानको समस्या बुझेकोले उनीहरुले लाभ पाउने गरी कृषिका केही फरक कार्य गर्ने योजना बनाएको बताउनुभयो । मन्त्री मैनालीले संघ र प्रदेशको राजनैतिक अवस्थाको कारण पदमा जतिदिन पदमा रहेपनि किसानको हितको लागि काम गर्ने बताउनुभएको छ ।
राज्यमन्त्री मैनालीले संघीय सरकारसँग सहजीकरण गरेर प्रदेश सरकारले मल कारखानाको लागि योजना बनाइरहेको बताउनुभएको छ । खेतीको बेलामा हरेक वर्ष मलको अभाव हुने गरेको र मलको अभाव हटाउनको लागि मल आफैँले उत्पादन गर्नको लागि के कति लागत र कसरी गर्न सकिन्छ भनेर अध्ययन थाल्न लागेको राज्यमन्त्री मैनालीले बताउनुभएको छ ।
मन्त्री मैनालीले प्रदेश सरकारले आवश्यक कानूनहरु नल्याएको कारण भूमि व्यवस्थामा भने तत्काल केही काम गर्न नसकिने अवस्थामा ध्यानमा दिदै चाडै नै आवश्यक कानून ल्याउनको लागि निर्देशन दिइएको बताउनुभएको छ ।
क्याटेगोरी : समाचार
प्रतिक्रिया दिनुहोस