नेतृत्वमा महिला: सम्भावना र चुनौती
जव जव समाजमा पुरातन एकात्मक पितृसत्तावादि प्रबृतिहरु सल्वलाउन थाल्छन, तव तव महिलाहरुलाई शारिरिक तथा मानसिक रुपमा कम्जोर वनाउँदै उनिहरुमाथि धार्मिक, सांस्कृतिक तथा सामाजिक विभेद अनि उत्पिडनहरु शुरु हुन्छ । विकसित मुलुकका शिक्षित अनि सभ्य समाजमा केहि हद सम्म समानता देखिएता पनि विकासोन्मुख तथा अविकसित मुलुकका शिक्षित, अशिक्षित दुवै समाजमा महिलाहरुलाई मनोरञ्जन तथा सन्तानोत्पादनको साधनको रुपमा मात्रै सिमित राख्ने कुप्रयासहरु भईनै रहन्छन् ।त्यसो त, नेपालमा महिला सशक्तिकरण तथा सहअस्तित्व का अभियानहरु वर्षौ अघिदेखि नै संचालित छन् । यसैका नाममा बैदेशिक भ्रमण, सेमिनार, सभा, गोष्ठि तथा चेतनामुलक अभियानहरु विभिन्न सरकारी अनि गैरसरकारी संस्थाहरुको अगुवाईमा संचालन भईरहेका छन् ।तर यसको प्रभावकारीता भने एकाध महिला अधिकारकर्मीहरुको आर्थिक अवस्थामा आएको सुधार वाहेक अरु खासै देख्न पाईएको छैन । यसकारण पनि अहिले महिला सशक्तिकरण तथा सहअस्तित्वको पुनर्ब्याख्या गरिनुपर्ने आवाजहरु उठ्न थालेका छन् ।नेतृत्वमा महिलाहरुको अवस्था हेर्ने हो भने पुरुषवादि सोंचको अक्रमण्यता स्पष्ट रुपमा देख्न पाईन्छ । सकेसम्म महिलाहरुलाई प्रतिस्पर्धात्मक वनाउने भन्दा पनि “उप” मा नै थन्क्याउने र आफ्नो अनुकुलताका आधारमा जिम्मेवारी प्रदान गर्ने कामहरु भईरहेका छन् । हेर्दा सवै दिएजस्तो, ब्यवहारमा खालिहात वनाएर नेतृत्वदायी भुमिकावाट महिलाहरुलाई विमुख गराईदैछ । जिम्वारी प्रति नै वितृष्णा पैदा गराएर वा कमै गर्न नदिएर महिलाहरुलाई असक्षम करार गराउँदै महिला नेतृत्वका सम्भावनाहरुको घाँटि निमोठ्ने कामहरु पितृसत्तावादि प्रबृतिहरु वाट भईरहेका छन् ।नेपाली समाजमा ब्याप्त यस्ता पितृसत्तावादि प्रबृति तथा पुरुषवादि सोंचहरु विभिन्न मुलुकमा छरिएर रहेका नेपाली समाजहरुमा पनि उत्तिकै दर्हो जरा गाडेर वसेको पाईन्छ । विकसित मुलुक, शिक्षित समाज अनि महिला मैत्री कानुन भएको मुलुकमा वसोवास गरेर मात्रै के गर्नु जव संकिर्ण पुरुषवादि सोंचहरुवाट ग्रसित मानसिकता भए पछि ।विस्तारै जुर्मुराउँदै गरेका महिला नेतृत्वका सम्भावनाहरु ओईलाउने अवस्थामा पुर्याएर उनिहरुलाई नेतृत्ववाट विमुख गराउने कुटिल चालहरु स्पष्ट रुपमा देखा पर्दैछन् ।वाहिर समाजमा महिला अधिकारका चर्का भषण गर्नेहरु, महिला सशक्तिकरण तथा नेतृत्व क्षमता विकासका लागि अगुवाई गर्नेहरु नै महिलाहरुलाई हतोत्साहित गर्न लागि परेको देखिन्छ ।अहिले विश्वभर गैरआवासीय नेपाली संघको चुनावी सहगर्मी वढेको छ । गैरआवासीय नेपाली संघको संजाल फैलिएको सम्पुर्ण मुलुकहरुमा अहिले संघको स्थानिय तथा राष्ट्रिय परिषदको चुनावी माहौल तातेको छ। पुर्वाग्रह रहित निस्वार्थ मातृमूमिको सेवक तथा सम्पुर्ण नेपालीहरुको सुख-दुख को साझा मञ्च, गैरआवासीय नेपाली संघको स्थानिय तथा राष्ट्रिय परिषदको नेतृत्व लिनका लागि महिला तथा पुरुषका सशक्त दावेदारीहरु आईरहेका छन् ।त्यसो त, स्थापना काल देखिको पुरुष नेतृत्वको वर्चस्वलाई चुनौती दिंदै पछिल्लो पटक महिलाहरु नेतृत्वका लागि अग्रसर भएका छन् । यसपाली जर्मनीमा पनि गैरआवासीय नेपाली संघ, जर्मनीको ईतिहाँसमानै पहिलोपटक नेतृत्वका लागि महिलाद्धारा आफ्ना विशेष कार्ययोजनाका साथ सशक्त दावेदारी प्रस्तुत गरिएको छ । निडर, सहासी अनि समाजसेवामा समर्पणको भावनाले ओतप्रोत ब्यक्तित्वको यो दावेदारीलाई सम्पुर्ण जर्मनीवासी नेपाली समाज एकजुट भएर हौसला प्रदान गर्दै नेतृत्वको लागि वाटो अनुकुल वनाउँदै सम्पुर्ण रुपमा साथ र सहयोग गरीरहेका छन् । महिला नेतृत्व पाउने आशामा नेपाली समाजका अगुवाहरु पनि उत्तिकै उत्साहित देखिन्छन । संयोग नै मान्नुपर्छ, गैरआवासीय नेपाली संघ, जर्मनीको यो पटकको निर्वाचनमा अध्यक्ष देखि उपाध्यक्ष हुँदै सदस्य सम्म महिलाहरुले सशक्त ढंगले आफ्नो दावेदारी प्रस्तुत गरेका छन्। जुन कुरा लैङ्गीक समानता र महिला सशक्तिकरणको दृष्टिकोणले उदाहरणीय प्रयास मान्न सकिन्छ ।तर, पितृसत्तावादि प्रबृतिहरु, पुरुषवादि सोंचहरु, विभाजनकारी मानसिकता भएकाहरु तथा विचार अनि आस्थाका नामका गुट उपगुट चलाएर आफ्ना निहित स्वार्थ पुरा गर्नेहरुको निद भने हराएकोछ । समाज प्रति ईमान्दार, निष्ठापुर्वक सत्यमा अडिक रहने उहाँको स्वभावका कारण कतिपय अवसरवादिहरुले आफ्ना दिनहरु सकिनलागेको महसुस गर्दै उहाँलाई नेतृत्वमा जान नदिन हर सम्भवको प्रयासहरु गरिरहेका छन् । महिलाहरु विचमा नै विभाजनकारी अफवाहहरु फैलाएर होस या कार्ययोजना माथि नकारात्मक तथा हतोत्साहीपुर्ण टिप्पणीहरु गरेर होस् नेतृत्वमा पुग्न नदिन हरसम्भवले प्रयासरत देखिन्छन् ।अथाह चुनौतीहरुको ह्रास माथि कुशल अनि दुरदर्शी नेतृत्व क्षमताका साथ परिक्षणमा खरो उत्रने हिम्मत वोकेका अनि सकारात्मक परिवर्तनका लागि अदम्य सहास भएका महिलाहरुलाई समाजले हौसलाका साथ अवसरहरु प्रदान गर्नु पर्दछ । अनि मात्र सहि अर्थमा महिला सशक्तिकरण तथा नेतृत्व क्षमता विकास सम्भव रहन्छ । नत्र महिला सशक्तिकरण तथा नेतृत्व क्षमता विकास केवल नारामा मात्रै सिमित रहने देखिन्छ ।
क्याटेगोरी : समाचार
ट्याग : #hot
प्रतिक्रिया दिनुहोस