Techie IT

नुवाकोटको बिदुर नगरपालिका बट्टार स्थिति संगमचोक-घण्टाघर सडक निर्माणमा ठेकेदार कम्पनीले लापरबाही गरेको भन्दै स्थानीयहरुले बिरोध जनाएका छन् ।

निर्माण कम्पनीले सम्झौता बिपरित कमसल खालको सामाग्री प्रयोग गरेको तथा पातलो कालोपत्रे गरेकोले केही ठाउँमा कालोपत्रे गरेको भोलिपल्टै पट्पट फुट्न थालेको भन्दै स्थानीयहरुले बिरोध प्रदर्शन गर्नुको साथै मंगलबार बिदुर नगरपालिकाको वडा नं. ४ को वडा कार्यालय घेराउ गरेका थिए ।

करिब १ करोड ९३ लाखमा ठेक्का पाएको उक्त सडक निर्माणमा चरम लापरबाही भएको भन्दै स्थानियहरुले बिरोध जनाएका हुन्  । करिब ५१० मिटर लम्बाइ तथा नाली बाहेक १० मिटर चौडाइ रहेको सडकको नालिको चेम्बर नभएको, घरबाट निस्कने नालिको पाइप गुणस्तरहिन तथा सानो हालेकोले अहिले नै पाइपबाट पानी ढलमा नगएको उनीहरु भनाइ रहेको छ


क्याटेगोरी : समाचार
ट्याग : #hot

प्रतिक्रिया दिनुहोस