Techie IT
गृहपृष्ठसमाचारअपांगता भएका ब्यक्तिहरुलाई लिखु गाउपालिकाको सहयोग

अपांगता भएका ब्यक्तिहरुलाई लिखु गाउपालिकाको सहयोग

लिखु गाउपालिकाको सहयोग


लिखु गाउपालिका सामाजिक बिकाश शाखा अन्र्तगत आफ्नो पालिका भित्रको अपांगता भएका ब्यक्तिहरु लाई अपांगता साहायता सामाग्री बितरण गरिएको छ ।
बिहिबार पालिकाको ६ ओटै वडामा अपांगता भएका ब्यक्तिहरुको घर घरमा पुगेर आवश्यकता अनुसारको साहायता सामाग्री बितरण गरिएको हो ।
साहायता सामाग्री बितरण गर्दै लिखु गाउपालिकाका अध्यक्ष धु्रव श्रेष्ठले अघिल्लो बर्ष जस्तै यस बर्ष पनि अपांगता भएका ब्यक्तिहरुको आवश्यकता र उनिहरुको माग अनुसारको सामाग्री बितरण गरेको र यस कार्यक्रम लाई निरन्तरता दिने बताउनुभयो ।
कर्यक्रममा लिखु गाउपालिकाका उपाध्यक्ष रोजिना राईले जनप्रनिधि भएर आउदा गरेको प्रतिबद्दता अनुसार काम गरिरहेको र सोही अनुसार पालिका भित्र रहेको अशक्तहरु लाई सहयोग गरेको बताउनुभयो । उहाले आउदो दिनहरुमा पनि उनिहरुको माग अनुसारको सहयोग गर्ने बताउनु भयो ।
यस्तै लिखु गाउपालिकाको प्रशासकिय प्रमुख भिमबहादुर रोक्काले यो चरणमा साहायता सामाग्री बितरण गरे संगै अर्को चरणमा अपांगता भएका ब्यक्तिहरु लाई आर्थीक सहयोग पु¥याउने उद्देश्यले बाख्रा कुखुरा लगाएत बितरण गर्ने बताउनु भएको छ ।

अहिले लिखु गाउपालिकामा सुचिकृत गरिएको अपाङगता भएका ब्यक्तिहरु १ शय १७ जना रहेका छन् । जसमध्य १६ जना लाई रातो कार्ड र बाकि लाई निलो पहेलो र सेतो कार्ड प्रदान गरिएको छ । १ शय १७ जना मध्य अत्रि आवश्यक भएका ब्यक्तिहरुको छनौट गरि सामाग्री बितरण गरेको हो । बितरण गरिएको सामाग्री हरु १० थान हुईल चियर, ३ थान छडी , १९ थान वालिङ स्टिीक , ७ थान बैसाखी २ थान नि ट्याप, १० थान यूरिन पट लगाएतको सामाग्री बितरण गरेको लिखु गाउपालिका सामाजिक बिकाश शाखाका अधिकृत पार्बती उप्रेतीले जानकारी दिनु भएको छ ।
सामाग्री बितरण कार्यक्रममा लिखु गाउपालिका वडा नं १ का वडा अध्यक्ष नरहरी पाण्डे, वडा नं ५ का अध्यक्ष रामकृष्ण श्रेष्ठ, वडा नं ६ का अध्यक्ष हरिशरण लामिछाने लागाएतको उपस्थिती रहेको थियो ।


क्याटेगोरी : समाचार
ट्याग : #hot

प्रतिक्रिया दिनुहोस