एनआरएनए जर्मनीको उपाध्यक्षमा निनाम्माको उम्मेदवारी
गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय समिति जर्मनीकी उपाध्यक्ष निनाम्मा राईले अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गर्नुभएको छ ।
जर्मनमा रहेर लामो समयदेखि त्यहाँ रहेका नेपालीको सुख दुःखको नजिकको साथी बन्न सफल उहाँले अध्यक्षमा उम्मेदवारी दिनुभएको हो ।
जर्मनीमा उहाँले, कुनै पनि दल, गुट, उपगुट तथा ब्यक्तिगत स्वार्थभन्दा माथि उठेर समाजलाई रचनात्मक ढङ्गवाट एकजुट गराउँदै नेपालको कला संस्कृति र प्राकृतिक अनुपमतालाई जर्मनीमाझ प्रचार प्रसार गर्दै नेपाली भाषा संस्कृति र मौलिक परम्परालाई पुस्ताहस्तान्तरण गर्ने कार्यको महत्वपुर्ण भुमिका निर्वाह गरिरहनुभएको छ ।
नेपाली समुदायका अग्रज अविभावकहरूका विज्ञता तथा अनुभवहरूलाई अहिलेका उर्जावान तथा सृजनशिल यूवाहरूको वौद्धिक र ब्यवासायीक सफलताका लागि उत्प्रेरकको रुपमा प्रयोग गर्दै जर्मनको नेपाली समाजलाई एउटा उदाहरणीय समाज वनाउन दत्त चित्तले लागिरहनुभएको छ ।
राणा शासन हटाउँ अभियानका सक्रिय अभियन्ता राजनितिज्ञ जननायक रामप्रसाद राईकी नातिनी निनम्मा राईको पारीवारिक पृष्ठभुमी नै शुसासन, लोकतन्त्र तथा गणतन्त्र प्रप्तिका साथै मुलुक तथा जनताको परिवर्तनका लागि निरन्तर संघर्ष र निस्वार्थ सेवा रहेको छ ।
काठमाडौंको पिपुल्स क्याम्पसवाट स्नातक तह उत्रीण राई सन् १९९२ देखि जर्मनमा वसोवास गर्न थल्नुभएको उहाँ भने सन् २००९ वाट एलसीसी सदस्य बनेर विधिवत एनआरएनए अभियानमा जोडिनुभएको हो । राई एनसीसी महिला संयोजक, कोषाध्यक्ष हुँदै हाल उपाध्यक्षको रुपमा क्रियाशिल हुनुहुन्छ ।
त्यसो त उहाँ, नेपाल तथा जर्मनीका विभिन्न संघसंस्थामा आवद्ध रही समाजसेवा कार्यमा पनि उत्तिकै सक्रिय हुनुहुन्छ ।
करीव तीन दशक जर्मन वसाईसँगै एनआरएनए अभियानमा उहाँको सक्रियता, नेपाली समाजप्रतीको उहाँको लगाव अनि भावी पुस्ता प्रतिको उत्तरदायीत्ववोधका कारण सुसंस्कृत र एकिकृत समाज अनि मातृभूमि सेवाका रचनात्मक कार्ययोजनाका साथ आगामी कार्यकालका लागि अध्यक्ष पदको उमेद्वारी दिनुभएको छ ।
हालसम्मका जर्मन वसाईका क्रममा एउटा नेपालीको नाताले भोगेका अनुभवहरू र देखेका समस्या अनि समाधानका सम्भावनाहरूलाई संस्थागत रुपमा सम्वोधन गर्दै, जर्मनभरी रहेका हरेक नेपालीहरूमा एनआरएनए संस्था प्रति अपनत्वको भावना जगाउँदै यो संस्थामा सक्रिय सहभागिता जनाउन उत्प्रेरित गर्ने अल्पकालिन मध्यकालिन र दीर्घकालिन कार्यक्रमहरू उहाँले अगाडी सार्नुभएको छ ।
चाहे त्यो आकस्मिक घटनाहरूलाई तुरुन्तै सम्वोधन गर्ने आकस्मिक सेवा कोष होस् या अनलाईनको माध्यमवाट नेपाली भाषा पढाउन, जर्मनीमा नेपाली कला, संस्कृति तथा प्राकृतिक अनुपमताको प्रवर्धन गर्न अनि जर्मनीमा पढ्दा, कामगर्दा, ब्यवसाय सञ्चालन गर्दा वा हिँँड्दा अपनाउनुपर्ने सावधानीहरू, कानुनी ब्यवस्थाहरू, नेपाल दुतावासले उपलब्ध गराउने सेवाहरू सहित, कसैलाई तुरुन्तै कुनै कुराको जानकारी गराउन डिजिटल एनआरएनको अवधारणा होस्, उहाँका हरेक कार्ययोजनाहरू पृथक र जनमुखी रहेका छन् ।
नेपाल सेन्टरको स्थापनाको पहल, मातृभूमि परोपकार अभियान, जर्मन सरकार तथा संस्थाहरूसँग सम्वन्ध विस्तार, जर्मनीमा रहेका नेपाली विज्ञहरूको समूह वनाई नेपालको राष्ट्रिय निति तथा कार्यक्रमका लागि सुझाव प्रतिवेदन तयार गरी नेपाल सरकारलाई हस्तान्तरण, वार्षिक रुपमा वालवालिका तथा अग्रज भेला, एक संस्था एक चाड–पर्व, विधिवत एनआरएन जर्मनीको स्थापना दिवस तथा हरेक नेपाली परिवारसँगको सामिप्यता वढाउनको लागि उनिहरूको जन्म, विवाह तथा मृत्यू लगायतका मौलिक संस्कारहरूमा शुभकामना/समवेदना पत्रसहित आवश्यक सहयोग लगायतका कार्यक्रमहरू सहित अध्यक्ष पदमा उहाँले आफ्नो दावी प्रस्तुत गर्नुभएको छ ।
त्यसो त, जर्मनीको यो पटकको एनआरएन–एनसीसी को चुवावमा अध्यक्षका आकंक्षीहरू पनि नदेखिएका होईनन् । तर एनआरएन अभियानमा सक्रियता, अनुभव नेपाल र जर्मनवासी नेपाली समाज प्रति ईमान्दारीपुर्वक समर्पण तथा स्पष्ट अनि जनमूखी कार्ययोजनाहरूका कारण निनाम्मा अग्रपंक्तिमा देखिनु भएको छ ।
क्याटेगोरी : समाचार
प्रतिक्रिया दिनुहोस