पञ्चकन्या गाउँपालिका बृद्ध भत्ता प्रकरण !!जन प्रतिनिधिको संका कर्मचारी माथि
नुवाकोटको पञ्चकन्या गाउँपालिका वडा नम्बर २ को वडा कार्यालयबाट बृद्ध भत्ताको ५० लाख चोरीमा विभिन्न कोणबाट अनुसन्धान भैरहेको छ । यद्यपी चोरको भने पत्ता लाग्न सकेको छैन ।
बृद्धभत्ताको ५० लाख रकम झोलामा बोकेर वडा कार्यालयमा प्रवेश गरेका सहायक सचिव रामकुमारी गिरीले सोही झोला बोकेर वडा कार्यालयबाट बाहिरिएको सीसीटीभीमा प्रस्टै देखिएको गाउँपालिका प्रमुख तेजबहादुर तामाङले बताएका छन् । दराज नफुटाई २,३ सेकेण्डमै दराज खोलीनुले दराजमा बल प्रयोग नभैई चावी प्रयोग भएको देखिनु र आउदा जसरी झोला भिरेर आएको त्यसरीनै झोला नखोली बाहिर लजानाले चोरी कर्मचारीले नै गरेको इंकित गर्छन गाउपालिकाका प्रमुख तेजबहादुर तामाङ
यस्तै वडा अध्यक्ष ध्रुव मिश्र आफ्नो कार्याकाल सुरु भएदेखिनै चावी कर्मचारीहरु संग रहदै आएको बताउछन् । उनले चोरी गर्दा चावीको नै प्रयोग भएको हुन सक्ने वा पहिलेनै कर्मचारीले चावीको दुरुापयोग गरेको हुन सक्ने बताउछन् । ध्रुव मिश्र
हराएको ५३ लाख कस्ले चो¥यो पत्ता लगाउन त सकेनन हामीलाई ९ महिना देखि नदिएको भत्ता पनि दिएनन भन्ने गुनासो स्थानिय बृद्धहरुको रहेको छ । चोर पनि पत्ता नलगाउने हामीले पाउने भत्ता पनि हामि लाई नदिने भन्दै स्थानिय हरु गुनासो गरिरहेका छन् । पैसा निकालेर २ किलो मिटर तल रहेको बैंकमा नराखी कोही नबस्ने वडा कार्यालयमा पैसा राख्नाले चोरी नभएर सेटिङ रहेको स्थानिय हरुको भनाई छ ।
चेरी प्रकरणले गर्दानै ४ पञ्चकन्या गाउपालिकाका प्रशासकिय अधिकृत नरेश पुडासैनी लाई असार २ गते संघिय मामिला तथा सामान्य प्रसासन मन्त्रालय सरुवा गरिएको छ ।
२४ गते बिदुर स्थित नेपाल बैंक बाट ५० लाख र वडा कार्यालयमा राजस्व लगाएतबाट संकलन भएको ३ लाख गरि ५३ लाख रुपैया हराएको हो ।
क्याटेगोरी : समाचार
ट्याग : #hot
प्रतिक्रिया दिनुहोस