त्रिशुली अस्पताल नुवाकोटमा एक सय जना कोरोना भाइरस सङ्क्रमितलाई बेडमा राखेर उपचार गर्ने क्षमता विस्तार भएको छ ।
त्रिशुली अस्पताल नुवाकोटमा एक सय जना कोरोना भाइरस सङ्क्रमितलाई बेडमा राखेर उपचार गर्ने क्षमता विस्तार भएको छ ।
यस अघि त्रिशुली अस्पतालमा कोरोना भाइरस संक्रमितको उपचार गर्नलाई ८० बेड मात्रै रहेको थियो । सङ्क्रमितको संख्या र अस्पातलमा भर्ना हुनेको दर बढ्न थाले पछि अस्पतालले एक सय बेडको भोभिड वार्ड सञ्चालन गर्ने निर्णय गरेको थियो । सो निर्णयलाई कार्यन्वयन गर्न रवि लामिछाने फाण्डेसनले साथ दिएको त्रिशुली अस्पतालको मेडिकल सुपरिटेन्डन दिपेन्द्र पाण्डेले बताउनुभएको छ ।
विनासकारी भूकम्प २०७२ पश्चात सुविधा सम्पन्न भवनबाट त्रिशुली अस्पताल सञ्चालन भइरहेको छ । तर अस्पताललाई आवस्यक श्रोतसाधनको अभावमा बढ्दो रुपमा फैलिरहेको कोरोना भाइरसको संक्रमितको उपचारलाई सहज बनाउन मुस्किलको अवस्था सिर्जना नहोस् भन्नको लागि सहयोगी हातहरु निरन्तर अघि बढिरहेको छ । सोमवार जनमैत्री अस्पताल बालाजु र रवि लामिछाने फाउण्डेसनबाट प्राप्त तत्कालको लागि आवस्यक २० वेड सहित ३ लाख रुपैयाँ बराबरको भौतिक सामाग्री अस्पताललाई प्रदान गरिएको हो । अस्पताललाई प्रदान गरिएको समाग्रीको बारेमा बताउदैहुनुहुन्छ रवि लामिछाने फाउण्डेसनका प्रतिनिधि एवं विदुर नगरपालिका वडा नम्बर ४ निवासी नारायण प्याकुरेल ।
त्रिशुली अस्पतालको स्तरउन्नतीको लागि तीन वटै तहको सरकारले आआफ्नो तहबाट पहल गरिरहेकै छ । त्यसमा पनि कोरोना भाइरसको यस विसम परिस्थितिमा जनस्तरबाट सहयोग जुट्ने क्रम जारी रहेको छ । नुवाकोट, रसुवा र धादिङको केन्द्रविन्दुको रुपमा रहेको त्रिशुली अस्पताललाई श्रोत साधन जुटाउनलाई हातेमालोको आवस्यक रहेको विदुर नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष लेनिन रञ्जितको भनाई छ ।
विपदको समयमा प्राप्त श्रोत साधनले सेवाग्राहीलाई उच्च मनोवलको साथ सेवा प्रवाह गराउन हौसला मिलेको अस्पताल श्रोतले जनाएको छ । दाताहरुबाट प्राप्त श्रोत साधनको सहि रुपमा सदुपयोग गर्ने प्रतिवद्धता सहित सामग्रीहरुको सहि रुपमा परिचालन गर्न अस्पातल विकास समितिका अध्यक्ष अर्जुन न्यौपानेले अस्पताल प्रशासनलाई आग्रह समेत गर्नुभएको छ ।
गएको शनिवार विदुर नगरपालिकाले त्रिशुली अस्पताललाई २ थान भेन्टिलेटर उपलव्ध गराइएको थियो । यस्तै ओम आदी फाउण्डेशनको सहकार्यमा यशोदादेबी भगवानसिंह केसी मेमोरियल ट्रष्टले त्रिशूली अस्पतालमा भर्ना भई उपचारमा रहेका सबै कोरोना भाइरसका बिरामी र बिरामीको परीक्षण र उपचारमा संलग्न सबै स्वास्थ्यकर्मीलाई निशुल्क खानाको व्यवस्था गराएको छ । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रले अस्पताललाई अक्सिजनको सिलिन्डर समेत सोमबार उपलव्ध गराइसकेको छ ।
अस्पताल प्रशासन सँग समन्वय र सहकार्य गरी अभाव भएको जनशक्ति परिपूर्ति गराउन नुवाकोटका युवाहरुले स्थानीय तहदेखि राजनैतिक दलका नेताहरुलाई झक्झकाइरहेका छन् ।
क्याटेगोरी : समाचार
ट्याग : #hot
प्रतिक्रिया दिनुहोस