केन्द्रीय सदस्य रावलद्धारा महासंघलाई अक्सिजन सहितको सिलिन्डर प्रदान
नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य रावलले अक्सिजन सहितको २ वटा सिलिन्डर उपलव्ध गराउनुभएको हो ।
विदुर । नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य ध्रुवकुमार रावलले अक्सिजन सहितको सिलिन्डर केन्द्रीय समितिलाई प्रदान गर्नुभएको छ ।
कोरोना भाइरस सङ्क्रमित पत्रकारको उपचारमा सहजताको लागि नेपाल पत्रकार महासंघ केन्द्रीय समितिले अक्सिजन सहितकोे आइशुलेसन कक्ष निर्माण गरेको छ । आफ्नै भवनमा निर्माण गरिएको आइशुलेसन कक्षलाई नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य रावलले अक्सिजन सहितको २ वटा सिलिन्डर उपलव्ध गराउनुभएको हो । दिनानुदिन कोरोना भाइरस सङ्क्रमण हुने दर बढिरहेको छ । स्वास्थ्य अवस्था जटिल भएका संक्रमितको उपचार गर्नलाई अक्सिजन नपाइएको समाचार निरन्तर रुपमा आइरहेको छ ।
अक्सिजन अभावकै कारण संक्रमित पत्रकारको स्वास्थ्य जोखिममा नपुगोस् भन्ने उदेस्यले अक्सिजन सहितको २ थान सिलिन्डर उपलव्ध गराएको केन्द्रीय सदस्य रावलले जानकारी दिनुभएको छ ।
नेपाल पत्रकार महासंघको अनुसार हालसम्म कोरोना संक्रमणबाट १३ जना पत्रकारको ज्यान गइसकेको छ भने ८ सयको हारहारीमा पत्रकार संक्रमित भएका छन् ।
क्याटेगोरी : समाचार
ट्याग : #hot 100
प्रतिक्रिया दिनुहोस