अझै पत्ता लागेन ५३ लाख चोर्ने चोर, पञ्चकन्याका नागरिकहरु पुगे प्रमुख जिल्ला अधिकारीकोमा
नुवाकोटको पञ्चकन्या गाउँपालिका– २ को कार्यालयबाट हराएको सामाजिक सुरक्षा भत्ताबापतको ५३ लाख रुपैयाँ अझै पत्तो लाग्न सकेको छैन । चैत्र २४ गते पञ्चकन्या गाँउपालिका वडा नम्बर २ को कार्यालयबाट ५३ लाख रुपैयाँ चोरी भएको थियो । रकम चोरी भएको लामो समय बितिसक्दा समेत त्यसको छानबिन फितलो रुपमा भएको भन्दै पञ्चकन्याका नागरिकहरुले नुवाकोटका प्रमुख जिल्ला अधिकारीको ध्यानाकर्षण गराएका छन् । गत २४ चैतमा कविलासस्थित वडा कार्यालयबाट ५३ लाख रुपैयाँ हराएको थियो ।
२५ चैतमा सामाजिक सुरक्षा भत्ता वितरण गर्न भनी २४ गते कार्यालय पु¥याइएको रकम हराएको हो । चैत्र २४ गते विदुरस्थित नेपाल बैंकबाट लगेर राखिएको ५० लाख र वडा कार्यालयमा राजस्व लगायतबाट जम्मा भएको तीन लाख गरी ५३ लाख रुपैयाँ हराएको हो । गेटको ताला, कार्यालयको मुख्य ढोका, पैसा राखेको दराज भएको कोठा र दराजको ताल्चा खोलेर पैसा निकालिएको देखिएको स्थानियहरुले बताएका छन् । ताल्चा फोर्न ढोकामा प्रहार गरिएको दाग नदेखिएको तथा ताल्चा पनि फेला नपरेको हुँदा घटना शंकास्पद रहेको भन्दै घटनाको सत्यतथ्य छानबिन गर्नको लागी स्थानिय माधब प्रसाद खनालले माग गर्नुभएको छ । घटनामा संलग्न भएको आशंकामा प्रहरीले वडासचिव सरिता रावत, कार्यालय सहायक रामकुमार गिरी र कार्यालय सहयोगी नीलप्रसाद मिश्रलाई पक्राउ गरेको छ भने वडाध्यक्ष धुर्व मिश्रसंग बयान लिईरहेको छ । घटनाको अनुसन्धान भइरहेकाले दोषी चाँडै पत्ता लाग्ने प्रमुख जिल्ला अधिाकरी जिबनप्रसाद दुलालले बताउनु भयो । प्रहरीले घटनाको गहिराइृमा रहेर अनुसन्धान गरि रहेको बताउदै उहाँले केहि समय धैर्य गर्न आग्रह गर्नु भयो । पञ्चकन्या गाउँपालिकाका लागि तोकिएको बैंकले पालिकाको केन्द्र लाकुरीभञ्ज्याङमा शाखा सञ्चालन नगरी सहरेटारमा राखेकाले पालिकाले विदुरमा रहेको नेपाल बैंकको शाखामा कारोबार गर्दै आएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #hot
प्रतिक्रिया दिनुहोस