Techie IT
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठसमाचारहेलिकप्टर चढेर गोसाइकुण्डको अवलोकन गर्ने अबसर प्रदान गर्दै लिखु–छहरे महोत्सव

हेलिकप्टर चढेर गोसाइकुण्डको अवलोकन गर्ने अबसर प्रदान गर्दै लिखु–छहरे महोत्सव


ऐतिहासिक लिखु–छहरे महोत्सवले हेलिकप्टर चढेर गोसाइकुण्डको अवलोकन गर्ने अबसर प्रदान गर्ने भएको छ ।
नुवाकोटको लिखु गाउँपालिका छहरेमा यहि फागुन १४ देखि २२ गते सम्म हुन लागेको महोत्सवमा प्रभु हेलिकप्टरले सो अबसर जुराएको हो ।
महोत्सवलाई मध्यनजर गरेर प्रभु हेलिकप्टरले छहरेदेखि गोसाइकुण्ड तथा नुवाकोट दरवारको अवलोकन गराउने प्रभु हेलिकप्पटरका राजेश डंगोलले बताए । हेलिकप्टरले गोसाइकुण्ड अवलोकनको लागि प्रतिव्यक्ति १५ हजार रुपैयाँ लिने बताएको छ । यस्तै हेलिकप्टरमार्फत नै नुवाकोट दरवार क्षेत्रको अवलोकन गर्न पाइने राजेश डंगोलले जानकारी दिए ।

विशेष गरि नुवाकोटमा आन्तरिक तथा बाह्य पर्यटन प्रवृद्धन गर्नको लागि महोत्सवमा हेलिकप्टर ल्याउन लागेको उनले बताए । महोत्सवको उद्घाटन दिन हेलिकप्टरले पुष्प गच्छा गर्ने समेत बताईएको छ ।


क्याटेगोरी : समाचार


प्रतिक्रिया दिनुहोस