Techie IT
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठसमाचारसंसद बिघटन संविधान बिपरित:अखिल नेपाल महिला संघ नुवाकोट

संसद बिघटन संविधान बिपरित:अखिल नेपाल महिला संघ नुवाकोट


अखिल नेपाल महिला संघ नुवाकोटले संसद बिघटन संविधान बिपरित भएको भन्दै बिरोध जनाएको छ ।
संसद पुनस्थापनाको माग राख्दै अखिल नेपाल महिला संघ नुवाकोटले ¥यालि सहित बिरोध कार्यक्रम गरेको छ । पौष ५ गते संसद बिघटन गर्ने प्रधानमन्त्रीको असंवैधानीक कदमपछि देश अस्थितर र मुटभेडतिर गएको भन्दै अखिल नेपाल महिला संघ नुवाकोटले नेकपाको निर्धारित बिरोध कार्यक्रम अनुसार ¥यालि सहित बिरोध कार्यक्रमको आयोजना गरेको अनेमसंघ नुवाकोटले जनाएको छ । बिरोध सभामा संबिधानमा हुँदै नभएको बिषयलाई प्रधानमनित्र केपि शर्मा वलीले एकलौटि तानाशाहको सिर्जना गरेको आरोप लगाईएको छ । कार्यक्रममा नेकपाका केन्द्रिय सदस्य एवं पुर्ब संबिधान सभा सदस्य बिमला सुबेदीले असंबैधानिक कदमले मुलुकमा अस्थिरता छाएको बताउनु भयो ।
बिगतका आन्दोलनमा महिलाहरुको बलिदानी र योगदानको स्मरण गर्दे उहाँले सडक र संघर्षमा महिलाहरु उत्रिएसँगै संसद पुनःस्थापनाको आबाज बुलन्द भएको बताउनु भयो । काख र सिन्दुर पुछ्दै ल्याएको संबिधानको रक्ष ागर्नको लागी फेरी एक पटक अनेमसंघ संघर्षमा उत्रिएको बताउनु भयो ।
कार्यक्रममा अखिल नेपाल महिला संघ केन्द्रिय सदस्य रमा आले मगरले राष्ट्रपतिमा बिद्या भण्डारी निर्बाचित भएसँगै महिला हकहितको आबाज बुलन्द हुने परिकल्पना गरेको समयमा प्रधानमन्त्रिको एकल निर्णय र संबिधान बिपरित कार्यलाई सार्थक बनाउने प्रयत्न राष्ट्रपतिबाट भएको बताउनु भयो ।
कार्यक्रममा नेकपा नुवाकोटका अध्यक्ष एवं प्रदेश सांसद हिरानाथ खतिवडाले मुलुकमा ताानाशाहको शैलिमा प्रधानमन्त्रि लागेको बताउदै प्रतिगमन बिरुद्ध सबै एकजुट हुनु पर्ने बताउृनु भयो । संबिधान मा उल्लेखनै नभएको ब्यबस्थालाई प्रधानमनित्रले आफु अनुकुल सत्ता सञ्१चालनका लागी गरेको निर्णयले संबिधानको मर्म र भाबनामा प्रहार भएको बताउनु भयो ।
कार्यक्रममा नेकपा नुवाकोटका सचिब उवं प्रतिनिधि सभा सदस्य नारायण प्रसाद सडकमा उत्रिएका नागरिकह्रुको संघर्ष र बलिदानीको उपजमा रहेको संबिधान कार्यान्वयनको साटो च्यात्ने काम प्रधानमन्त्रिबाट भएको उद्घघोष गर्नुभयो ।
नेकपाको केन्द्रिय कार्यतालिका अनुसार ७७ वटै जिल्लामा अनेमसंघले बिरोध कार्यक्रम गरेको छ । सडक संघर्षको आन्दोलन र बिरोधको कार्यक्रमलाई नेकपा माधब÷प्रचण्ड समुहले शसक्त बनाउदै लगेको छ । नेकपाको केन्द्रमा देखिएको आन्तरिक ध्रुबिकरणका कारण प्रधानमनित्र केपि शर्मा वलीले आफु र सत्ताको लोभमा संसद बिघटन गरेको आरोप लगाएका छन् ।


क्याटेगोरी : समाचार


प्रतिक्रिया दिनुहोस