नुवाकोटमा आजबाट प्रदेशस्तरीय फुटवल प्रतियोगितामा शुरु
नुवाकोटमा आज बाट प्रदेशस्तरीय फुटवल प्रतियोगितामा शुरु भएको छ ।
उद्घाटन खेलमा नुवाकोट युनाईटेड फुटबल क्लवले सिन्धुलीको नमुना जनउत्थान क्लवलाई २–१ ले पराजित गरेको छ । यस्तै धादिङ समाज र टाइगर टिम दोलखा बिच भएको दोस्रो खेल २–२ को बराबरीमा सकिएको छ ।
अखिल नेपाल फुटवल संघ (एन्फा) को आयोजना तथा नुवाकोट फुटवल संघको संयोजनामा भएकोे फुटबल प्रतियोगिता विदुर नगरपालिका वडा नम्बर ४ मा रहेको नुवाकोट आर्दश बहुमुखी क्याम्पसको खेल मैदानमा १४ गते सम्म संचालन हुने छ ।
प्रतियोगितामा बाग्मति प्रदेशका १० जिल्लाका फुटवल क्लबहरुको सहभागिता रहेकोे नुवाकोट फुटवल संघले जनाएको छ । सहभागि १० टोलिलाई तीन समुहमा विभाजन गरिएको छ ।
जसअन्र्तगत समुह ए मा नखिपोट युथ क्लब ललितपुर, सौराहा युवा समाज चितवन र न्यु जेनेरेसन युवा क्लब सिन्धुपाल्चोक रहेका छन् । यस्तै समुह बि घरेलु टोली मा नुवाकोट युनाइटेड फुटवल,धादिड समाज, टाइगर टिम दोलखा र नमुना जनउत्थान क्लब सिन्धुली रहेका छन् । त्यस्तै समुह सि मा न्यु डाँफे युथ क्लब मकवानपुर,आकाश भैरव क्लब काभ्रे,वाइन्ट स्पोटर्स एक्सपोर्टस काठमाण्डौ रहेका छन् ।
लिग कम नकआउटका आधारमा हुने प्रतियोगिताको उपाधि विजेताले ५ लाख रुपैयाँ र उपविजेताले साढे २ लाख रुपैयाँ पाउने नुवाकोट फुटवल संघका अध्यक्ष दिपक चित्रकारले जानकारी दिएका छन् ।
क्याटेगोरी : समाचार
प्रतिक्रिया दिनुहोस