Techie IT
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठसमाचारनिर्वाचन आचासंहिता कार्यन्वयन गर्न राजनैतिक दलहरु बिच समझदारी आवश्यक

निर्वाचन आचासंहिता कार्यन्वयन गर्न राजनैतिक दलहरु बिच समझदारी आवश्यक


निर्वाचन आचासंहिता कार्यन्वयन गर्न राजनैतिक दलहरु बिच समझदारी आवश्यक पर्ने सरोकारवालाहरुले बताएका छन् ।
५ औं निर्वाचन दिवशको अवसरमा जिल्ला निर्वाचन कार्यालय नुवाकोटले आयोजना गरेको निर्वाचन आचार संहिता कार्यन्वयनमा सरोकारवालाहरुको भुमिका कार्यक्रममा सरोकारवालाहरुले दलहरुनै नैतिक मुल्यर मान्यतामा रहे मात्र निर्वाचन आचासंहिता कार्यन्वयन हुने बताएका हुन् ।
कर्यक्रममा बिदुरनगरपालिकाका प्रमुख सञ्जु पण्डितले आफुले बनाएको आचारसंहिताको हामी आफैलेनै धज्जि उडाईरहेको बताएका छन् । उनले आचारसंहिता लागु हुन दलिय सहमती हुन आवश्यक रहेको बताउदैलागु हुने आचारसंहिता मात्र तयार गर्न आग्रह गरेका छन् । ।
कार्यक्रममा राजनैतिक दलहरुले सवारी साधन प्रयोग गर्दा पालन गर्नुपर्ने आचरण अन्र्तगत एउटा निर्वाचन क्षेत्रमा उमेद्दवारले २ वटा ४ पाङ्ग्रे भन्दा बढि सवारी साधन प्रयोग गर्न नपाईने, प्रचार प्रशारणको समय बढाउनु पर्ने लगाएतका बुदा संम्सोधन गर्न आग्रह गरेका छन् ।

 


क्याटेगोरी : समाचार


प्रतिक्रिया दिनुहोस