Techie IT
गृहपृष्ठसमाचारबिदुर नगरपालिका भित्रका १० जना अपाङ्गता भएका ब्यक्तिहरु लाई जनहि १५ हजार सहयोग

बिदुर नगरपालिका भित्रका १० जना अपाङ्गता भएका ब्यक्तिहरु लाई जनहि १५ हजार सहयोग


बिदुर नगरपालिका भित्रका १० जना अपाङ्गता भएका ब्यक्तिहरु लाई जननी १५ हजारको दरले सहयोग गरिएको छ ।

उद्यमशिल तथा सिप बिकाश अपाङग संघ नुवाकोटले अपाङ्ग भएका ब्यक्तिहरुको लागी क्षमता अभिबृद्दि तथा जिबिको पार्जनमा सहयोग पु¥याउने उद्देश्यले संचालन गरेको कार्यक्रममा १० जना अपाङ्ग भएका ब्यक्तिहरुलाई १५ १५ हजारको दरले सहयोग गरिएको हो ।

सहयोग रकम पाउनेमा बिदुर नगरपालिका वडा नं १० का रुपिना मोक्तान , रामबाबु नगरकोटी, रामकृष्ण तामाङ वडा नं १ का मोहम्मद हासिम वडा नं ३ का घनेन्द्र राई, शान्ता रिमाल वडा नं ८ का माधव प्रसाद कोईराला, महेन्द्र रिमाल, वडा नं १३ का बिमला तामाङ र वडा नं ९ का मिन कुमारी बोगटी रहेका छन् ।

अपाङ्गता भएका ब्यक्तिहरुले गरेको ब्यवसाय बढाउन र नया ब्यवसाय गर्न ईच्छुकहरु लाई टेवा पुगोस भन्ने उद्देश्यले उक्त रकम सहयोग गरेको उद्यमशिल तथा सिप बिकाश अपाङग संघ नुवाकोटका कोषाध्यक्ष रुपा थापाले बताए ।
कार्यक्रममा बिदुर नगरपालिकाका प्रमुख सञ्जु पण्डितले दिगो विकासको लक्ष्य पुरा गर्दै समृद्द र सुखी नगरपालिका बनाउन विकासको हरेक तह र तप्कामा अपाङ्गता भएका व्यक्तिहरु सहितको समावेशी बिकास र समावेशी कानूनहरु निर्माणमा बिदुर नगरपालिका लागेको बताए । यस्तै उपप्रमुख गिताकुमारी दहालले संविधानले दिएको एकल अधिकारको सूचिमा अपाङ्गता भएका ब्यक्तिहरुको सेवा सुविधा लगायतका ब्यवस्था गर्ने जिम्मेवारी स्थानीय तहको भएको हुँदा सो जिम्मेवारी बाट बिदुर नगरपालिका कहिल्यै पछि नहटेको बताए ।
कार्यक्रममा बिदुर नगरपालिकाका बिभिन्न वडाका ३५ जना भन्दा बढि अपाङ्गता भएका ब्यक्तिहरु उपस्थित भएका थिए ।

 


क्याटेगोरी : समाचार


प्रतिक्रिया दिनुहोस