Techie IT
गृहपृष्ठसमाचारविदुर नगरपालिकाले सन्चालन्मा ल्यायो अजैविक फोहोर छान्ने सेग्रिगेसन हाउस

विदुर नगरपालिकाले सन्चालन्मा ल्यायो अजैविक फोहोर छान्ने सेग्रिगेसन हाउस


विदुर नगरपालिकाले अजैविक फोहोर छान्ने सेग्रिगेसन हाउस सञ्चालनमा ल्याएको छ । विदुर नगर हाम्रो शहर, सफा स्वच्छ राख्ने सबैको रहर भन्ने उद्घोषको साथ वडा नम्बर ९ स्थित सामरी दोभानमा स्थापना गरिएको सेग्रिगेसन हाउस एक कार्यक्रमको विच सोमबारबाट सञ्चालनमा ल्याइएको छ । एकीकृत फोहोरमैला व्यवस्थापन कार्यक्रम अन्तर रहेर सञ्चालनमा ल्याइएको सेग्रिगेसन हाउस निर्माण गर्न ८० लाख रुपैयाँ लगानी भएको विदुर नगरपालिकाका मेयर सञ्जु पण्डितले बताए । केन्द्रीय सरकारको विशेष अनुदान शिर्षकबाट प्राप्त ४० लाख रुपैयाँ र नगरपालिकाको ४० लाख रुपैयाँ गरी ८० लाख रुपैयाँ सेग्रिगेसन हाउस निर्माण गर्न खर्च भएको मेयर पण्डितले बताए । नेपाल विद्युत प्राधिकरणको नाममा रहेको जग्गामा सेग्रिगेसन हाउस निर्माण गरिएको हो ।
नगरपालिकाबाट उत्पादित फोहोरलाई वर्गिकरण गरेर व्यवस्थापन गर्दा आयआर्जनको श्रोत समेत हुने भएकोले अजैविक फोहोर छान्ने सेग्रिगेसन हाउस सञ्चालनमा ल्याइएको मेयर पण्डितले बताए ।
यस्तै नगरपालिकाका उपमेयर गीताकुमारी दाहालले फोहोरलाई मोहोरमा बदल्नुपर्छ भन्ने उदेस्यको साथ सेग्रिगेसन हाउस सञ्चालनमा ल्याइएको बताइन् । टोल विकास सस्था मार्फत कुहिने र नकुहिने फोहोर छुट्याउनको लागि घरघरमा डस्वीन उपलव्ध गराइरहेको भन्दै उपमेयर दाहालले विकासको पहिलो आधार फोहोरमैला व्यवस्थापन पनि रहेकोले नगरपालिका त्यसमा केन्द्रित रहेको बताइन् ।
स्थानीय तहले आर्थिक विकास, सामाजिक विकास, पूर्वाधार विकास, वातावरण विकास र शासनको क्रियाकलपमा काम गर्नुपर्ने भन्नुहुदै प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकालले स्वच्छ वातारणले आफ्नो स्थानीय तहको पहिचान बदल्न सहयोग गर्ने बताउ । परिवर्तनको प्रयासहरु निरन्तर रुपमा भइरहे पनि त्यसलाई दिगो रुपमा सञ्चालन गर्न चुनौति रहेको प्रमुख जिल्ला अधिकारी ढकालले बताए ।
यस्तै कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत मोहनप्रसाद मरासैनी, वडा नम्बर ४ का वडा अध्यक्ष टलकमान श्रेष्ठ, उपभोक्ता हित संरक्षण मञ्चका अध्यक्ष इन्द्रबहादुर पण्डित, नेपाल परिवार दलका अध्यक्ष शिवकृष्ण श्रेष्ठ फोहोर व्यवस्थापनको लागि व्यक्ति समाज र स्थानीय सरकारले अपनत्व लिनुपर्ने बताएका छन् ।
विपद तथा वातावरण समितिका अध्यक्ष समेत रहनुभएका वडा नम्बर १ का वडा अध्यक्ष लेनिन रञ्जितले उत्कृष्ट टोल विकास सस्थालाई पुरस्कार स्वरुप २ लाख रुपैयाँ पुरस्कारको व्यवस्था नगरपालिकाले गरेको जानकारी दिए । साथै उहाँले सफा र स्वच्छ बनाउने नगरको अभियानमा सक्रिय भई साथ दिन सम्वन्धित निकायसागै टोलविकास सस्थालाई जिम्मेवार हुन आग्रह गरेका छन् ।
विदुर नगरपालिकाले केही महिना अघि नै रङमा आधारित वर्गिकरण र बारमा आधारित सङ्कलन प्रणाली विकास गरेको छ । तर यो प्रक्रियालाई स्थानीयले कार्यान्वयन नगरिरहेको विपद तथा वातावरण शाखा प्रमुख सुवास पाण्डेको भनाई छ ।
विदुर नगरपालिकाबाट दैनिक १४ टन फोहोर उत्पादन हुने गरेको छ । त्यसमध्ये ६० प्रतिसत नकुहिने फोहोर उच्पादन हुने गरेको छ । ती नकुहिने फोहोरलाई सेग्रिगेसन हाउसबाट छानिने नगरपालिकाले जनाएको छ । स्वच्छ र सफा नगर स्थापनाको लागि नगरपालिकाको १, २, ४, ६, ८ र ९ वडामा गरी ४१ वटा टोल विकास सस्था स्थापना गरिएको विपद तथा वातावरण शाखा प्रमुख सुवास पाण्डेले बताए ।


क्याटेगोरी : समाचार


प्रतिक्रिया दिनुहोस