Techie IT
गृहपृष्ठसमाचारकोरोना भाइरसको सङ्क्रमणका कारण पछिल्लो २४ घण्टामा देशभर थप पाँच जनाको ज्यान गयो

कोरोना भाइरसको सङ्क्रमणका कारण पछिल्लो २४ घण्टामा देशभर थप पाँच जनाको ज्यान गयो


कोरोना भाइरसको सङ्क्रमणका कारण पछिल्लो २४ घण्टामा देशभर थप पाँच जनाको ज्यान गएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार नेपालमा अहिलेसम्म कोरोनाका कारण ज्यान गुमाउनेको सङ्ख्या दुई हजार ५२ पुगेको छ । यस्तै २४ घण्टामा तीन हजार २३ जनाको पीसीआर परीक्षण गर्दा ८१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । अहिलेसम्म सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या दुई लाख ७२ हजार चार सय ३० पुगेको छ ।
यस्तै थप एक सय ११ जना निको भएर डिस्चार्ज भएसँगै कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या दुई लाख ६८ हजार ६ सय ६० पुगेको मन्त्रालयले जनाएको छ । अहिले आइसोलेशनमा रहनेको सङ्ख्या एक हजार सात सय १८ छ ।
यस्तै नुवाकोटमा पछिल्लो समय १ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । २१ जनाको आरटि पिसिआर विधिबाट कोरोना परिक्षण गर्दा १ जनामा पुष्टि भएको हो । यो सँगै जिल्लामा कुल कोरोना भायरस सङ्क्रमितको सङ्ख्या १ हजार १ सय ३५ पुगेको छ । यस्तै पछिल्लो समय ४ जना कोरोना मुक्त भएका छन् । यो सागै कोरोना मुक्त हुनेहरु १ हजार ९७ जना रहेका छन् । हाल जिल्लामा ३८ जना सक्रिय सङ्क्रमित रहेका छन् ।


क्याटेगोरी : समाचार


प्रतिक्रिया दिनुहोस