ककनी गाउँपािलका वडा नम्बर ७ चतुरालेमा वडाअध्यक्ष स्वास्थ्य कार्यक्रम सञ्चालन
नुवाकोटको ककनी गाउँपािलका वडा नम्बर ७ चतुरालेमा “वडाअध्यक्ष स्वास्थ्य कार्यक्रम” सञ्चालन भइरहेको छ ।
विशेष गरी सामाजिक सुरक्षा भत्ता लिइरहेका जेष्ठ नागरिकलाई लक्षित गरेर “वडाअध्यक्ष स्वास्थ्य कार्यक्रम” सञ्चालन गरिएको हो । जेष्ठ नागरिकहरुको स्वास्थ्य अवस्थाबारे जानकारी लिने लक्ष्य सहित सञ्चालित उक्त कार्यक्रममा वडाले टोलटोलमा स्वास्थ्यकर्मी मार्फत स्वास्थ्य परिक्षण तथा औषधी वितरण गर्ने कार्य थालिएको वडा सचिव अरुणराज पाठकले जानकारी दिए । उनका अनुसार वडामा रहेका २ सय ५० भन्दा वढी जेष्ठ नागरिकलाई सेवा प्रवाह गरिसकिएको छ । जेष्ठ नागरिकको सुगर, प्रेसर लगायत अन्य रोगहरुको परिक्षण गर्नुको साथसाथै दिर्घकालिन रुपमा औषधी सेवन गरिरहेका व्यक्तिहरुले औषधी उपलव्धताको सम्वन्धमा जानकारी लिने गरिएको वडा सचिव पाठकले बतााए ।
चालु आर्थिक वर्षको वडाको वार्षिक कार्यक्रम अन्तर्गत रहेर “वडाअध्यक्ष स्वास्थ्य कार्यक्रम” सुरु गरिएको वडा अध्यक्ष पुष्कर वोगटीले बताए । वडाको आफ्नै आर्थिक लगानीमा कार्यक्रम गरिएको हो । नागरिकले स्वास्थ्य उपचार सहज रुपमा गर्न पाउनु नैगर्सिक अधिकार भएको र गाउँमा नै स्थानीय सरकार आएको अनुभूति दिलाउन उक्त कार्यक्रम सञ्चालन गरिएको वडा अध्यक्ष बोगटीले बताए । उनका अनुसार निरन्तर रुपमा यो कार्यक्रम सञ्चालन हुनेछ ।
क्याटेगोरी : समाचार
प्रतिक्रिया दिनुहोस