Techie IT
गृहपृष्ठसमाचारनुवाकोटमा ३ जनाले कुष्ठ रोगको औसधी सेवन गर्दै

नुवाकोटमा ३ जनाले कुष्ठ रोगको औसधी सेवन गर्दै


“कोरोना महामारीमा हाम्रो संयमता, समयमा नै कुष्ठरोग व्यवस्थापनमा सक्रियता” भन्ने नारा सहित ६८औँ विश्व कुष्ठरोग दिवस मनाइएको छ
दिवसको अवसरमा विदुर नगरपालिकाको आधारभूत स्वास्थ्य तथा सरसफाई शाखाले पत्रकारसँग अन्तरक्रिया कार्यक्रम गरी विश्व कुष्ठरोग दिवस मनाएको हो । अन्तरक्रिया कार्यक्रममा स्वास्थ्य कार्यलय नुवाकोटका क्षय कुष्ठ अधिकृत उत्तमराज खनालले समुदायमा कुष्ठ प्रवाहित व्यक्ति पहिचानको लागि सामाजिक पुनस्थापनाको कार्यक्रम आवस्यक रहेको बताउनुभएको छ । नेपाललाई सन् २०१० मा कुष्ठरोग निवारण देश घोषणा गरिएको थियो । प्रति १० हजार जनसंख्यामा १ जनाभन्दा कम रोगी भएको अवस्थालाई रोग निवारण भएको मानिन्छ । नेपालमा हरेका वर्ष ३ हजारभन्दा धेरै नयाँ बिरामी थपिने गरेका सरकारी तथ्याङ्क छ ।
नुवाकोटमा हाल ३ जनाले कुष्ठ रोगको औसधी सेवन गरिरहेको स्वास्थ्य कार्यलय नुवाकोटका क्षय कुष्ठ अधिकृत खनालले बताए। ती तीन जनामा विदुर नगरपालिका, वेलकोटगढी नगरपालिका र दुप्चेश्वर गाउँपालिकाका रहेका छन् । कुष्ठरोग संक्रमितको चेतनाको अभावमा उपचारमा हेलचेक्र्याइँ गर्दा मृत्यु हुने गरेको पाइन्छ । नेपालमा विशेषगरी तराईका जिल्लाहरुमा कुष्ठ प्रवाहित व्यक्ति रहेको खनाललेे बताए ।
शरीरको कुनै भागमा छुँदा थाहा नहुने फुस्रो वा हल्का रातो दागहरु देखा पर्नु कुष्ठ रोगको सुरुको लक्षण हो भने यस बाहेक अनुहार र कानका लोतीमा गिर्खाहरु देखिने, छाला चम्किलो र बाक्लो हुने तथा आँखीभौ झरेर जाने गर्दछ । पछि गएर खुट्टाका औलाहरु कमजोर हुनेु र खुम्चिदै गएर अन्त्यमा अङ्गभङ्ग हुन सक्ने समभावना पनि अधिक रहन्छ । ।शरिरको स्नायुमा असर पर्न जाँदा हात खुट्टाहरु लगातार झम – झम गर्ने, स्नायु सुन्निने, दुख्ने, हातखुट्टामा छुँदा थाहा नहुने, मांसपेशीहरु कमजोर हुने कुष्ठ रोगको लक्ष्यण रहेको छ ।
विदुरनगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मोहनप्रसाद मरासिनिले स्वास्थ्य क्षेत्रको योजना निर्माण तथा कार्यान्वयन स्थानीय तहको अधिकारभित्र पर्ने भएकोले कुष्ठ प्रवाहित व्यक्तिहरुको लागि वार्षिक कार्ययोजना बनाएर काम गर्ने बताए । उनले कुष्ठ रोगसँग सम्वनधीत लक्षणहरु देखिएमा तत्काल स्वास्थ्य सस्थामा सम्पर्क गरी उपचारको प्रक्रियामा जान समेत आग्रह गरेेेेका छन् ।
यस्तै विदुर नगरपालिकाका आधारभूत स्वास्थ्य तथा सरसफाई शाखा प्रमुख पूर्णध्वज श्रेष्ठले कुष्ठ प्रवाहित व्यक्तिहरु उपचार गराउन स्वास्थ्य सस्था नआउने गरेकोले तथ्याङ्कमा कमी देखिएता पनि समाजमा लुकाएर बस्नेहरु हुन सक्ने भएकोले सचेत हुन आग्रह गरेे ।


क्याटेगोरी : समाचार


प्रतिक्रिया दिनुहोस