अटो मेकानिक्स व्यवसायि संघ नुवाकोटको प्रथम साधारण सभा सम्पन
अटो मेकानिक्स ब्यवसायि संघ नुवाकोटको प्रथम साधारण सभा शनिवार सम्पन्न भएको छ ।
सभामा बिदुर नगरपालिकाका प्रमुख सञ्जु पण्डितले नुवाकोटमा अटो ल्याड निर्माणको लागी नगरपालिकाले सहयोग गर्ने बताएका छन् । साना तथा ठुला सवारीमा आईपर्ने सबै खाले समस्यालाई नुवाकोटमानै समाधान गराउनु पर्नेमा प्रमुख पण्डितले जोड समेत दिएका छन् ।
यस्तै कार्यक्रममा बिदुर नगरपालिका वडा नं ४ का वडा अध्यक्ष टलकमान श्रेष्ठले अटो ल्याण्ड बनाईरहदा बधशाला र बसपार्कको जस्तो नबनाउन आग्रह गरेका छन् । श्रेष्ठले वडा नं ४ मा रहेको बधशाला र बसपार्कको सदुपयोग नभएको कुरालाई ईकिंत गर्दै बनाएपछि सबै कुरा ब्यवस्थित बनाउनुपर्ने बताए ।
२०७६ भाद्र बाट स्थापना भएको यस सस्थाको मेकानिक्सहरु लाई सक्षम बनाउनको लागी तालिम ब्यवस्था, अटो ह्याडको लागी सरकारी संघ सस्था संग समन्वय गर्ने लगाएतको लक्ष्य रहेको संस्थाका सचिव नवराज बोगटीले बताए ।
सस्थाको कार्यसमितीमा अध्यक्षमा भक्तबहादु सुनार, उपाध्यक्ष बलराम अर्याल, सचिव नमराज बोगटी, कोषाध्यक्ष प्रेममान श्रेष्ठ र सदस्यहरुमा राजेन्द्र घले,प्रेमबहादुर लामा र दिनेश राई रहेका छन् ।
क्याटेगोरी : समाचार
प्रतिक्रिया दिनुहोस