Techie IT
गृहपृष्ठसमाचारअब्यवस्थित बन्दै नुवाकोट तारुकाको गोरु जुधाई

अब्यवस्थित बन्दै नुवाकोट तारुकाको गोरु जुधाई


बर्षौदेखि चल्दै आएको नेपालकै पहिलो गोरु जुधाई हुने नुवाकोटको तारुकामा अहिले गोरु जुध्ने दिन गोरु भन्दा धेरै मान्छे जुध्न थालेका छन् ।
करिव १५० बर्ष पहिलाको एतिहासिक गोरु जुधाई लाई अहिले राजनिती लागेको छ । गोरु जुधाउने मेलालाई आयोजना गर्न नेताहरुको हारालुछ छ ,तर आयोजक बनिसकेपछि गर्ने लापारबाहिले एतिहासिक गोरु जुधाई अब्यवस्थित बन्दै गएको छ ।
२०६२ साल बाट ब्यवस्थापन समिती बनाई गोरु जुधाए पनि समितीले भने अहिले सम्म कुनै पनि ब्यवस्थापन गर्न सकेको छैन । मेला भर्न आउने दर्शक धुलाम्मे हुदै मेला भर्न जानु पर्ने, दर्शकहरु लाई गोरु जुधेको हेर्ने ब्यवस्थित ठाउ नहुनुले बर्षेनी दर्शक कम हुदै गईरहेका छन् ।
पोहोरको तुलनामा यस बर्ष दर्शकहरु आदी पनि उपस्थिती भएनन । उपस्थिती भएका दर्शक लाई पनि आयोजकले खुसी नबनाएको प्रष्ट देख्न सकिन्थ्यो । गोरु जुधाईको दिन स्टेजमा आयोजक टिमनै जुध्न ब्यस्थ देख्न सकिन्थ्यो, स्वयम सेवक पिटिएको भन्ने बिबाद बाट उत्पन्न झगडा लाई प्रमुख अतिथी र बिषेस अतिथीले छुटाउन हम्मे हम्मे परेको थियो । दर्शकहरु गोरु जुधेको भन्दा पनि आयोजक जुधेको हेर्न ब्यस्त देखिन्थे । बर्सौ देखि चल्दै आएको मेला अब्यवस्थित हुनालेनै अहिले गोरु जुधाई मेला नुवाकोटको विभिन्न स्थान मा हुन थालेको छ । मेला भर्न आएका दर्सक हरु बर्सेनि ब्यवस्थापन समिती फेरिएपनि ब्यवस्थापन कहिलेपनी नफेरिएकोमा चिन्तित देखीएका थिय ।
हेर्नुस झगडाको भिडियो


क्याटेगोरी : समाचार


प्रतिक्रिया दिनुहोस