हिन्दु राज्य र राजसंस्थाको पुनः स्थापना अहिलेको आवश्यकताः राप्रपा
राप्रपाका अध्यक्ष कमल थापाले संसद बिघटनको कदमबिरुद्ध जनता माझ गएर संघर्ष गर्ने बताएका छन् । सोमबार काठमाडौंमा केन्द्रीय कार्यसम्पादन समितिको बैठकलाई सम्बोधन गर्दै उनले कम्युनिष्टले जनतामाथि कुठाराघात गरेको भन्दै राप्रपाले संविधान विरोधी सरकारको कदमको प्रतिरोध गर्ने बताएका हुन्। उनले संसद विघटन गरेर संविधानको मर्म विपरित प्रधानमन्त्री ओलीले कदम चालेपनि यसबाट आफ्नो पार्टीले अघिल्लो निर्वाचनबाट गुमाएको हैसियत फिर्ता गर्ने
अवसरको रुपमा परिणत गर्न कार्यकर्तालाई निर्देशन दिएको पार्टीका युवा नेता तथा पार्टी केन्दीय सदस्य राजाराम श्रेष्ठले जानकारी दिए । बैठकमा समसामयीक विषयमा राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष पशुपति शम्शेर जबराले नम्बर वान भ्रष्ट देशको तक्मा पाइरहँदा होली वाइन खाने बेला सुशासनको तक्मा पाएको भन्दै सरकारको कटाक्ष गरेका थिए। राष्ट्रपतिको भुमिका अभिभावकत्वग्रहण गर्न योग्य नभएको भन्दै राणले हिन्दु राज्य र राजसंस्थाको पुनः स्थापना अहिलेको आवश्यकता भएको बताए ।इ
बैठकमा अर्का अध्यक्ष डा.प्रकाश चन्द्र लोहनीले पार्टीको मिसन र एजेण्डाहरुको विषयमा प्रतिवदेन प्रस्तुत गरेका थिए । मंगलबारसम्म चल्ने बैठमा पार्टीको सक्रिय सदस्यता वितरण निर्देशिका छलफलका साथै पार्टी महाधिवेसनको विषयमा समेत छलफल हुने नेता राजाराम श्रेष्ठको भनाइ छ।
क्याटेगोरी : समाचार
प्रतिक्रिया दिनुहोस