रा.प्र.पा का केन्द्रिय अध्यक्ष डा.लोहनीले गरे अपाङ्गता भएका ब्यक्तिहरु लाई कम्बल बितरण
पुर्व अर्थमन्त्रि एवं रा.प्र.पा का केन्द्रिय अध्यक्ष डा. पकाशचन्द्र लोहनीले अपाङग्ता भएका ब्यक्तिहरु लाई कम्बल बितरण गरेका छन् ।
आईतबार नुवाकोटको लिखु गाउपालिका भित्रका ९० जना अपाङ्गता भएका ब्यक्तिहरु लाई कम्बल बितरण गरेका हुन् । कम्बल बितरण गर्दै डा. लोहनीले यो पार्टिको त्यो पार्टिको नभनी लिखुमा हुने बिकाश निार्मण सबै मिलेर गर्नु पर्ने बताए । उनले लिखु गाउपालिका लाई उन्नति गर्ने काममा आफुले सधै साथ दिएको र आगामी दिनमा समेत साथ सहयोग गर्ने प्रतिबद्धता गरेका छन् ।
यस्तै कार्यक्रममा लिखु गाउपालिकाका अध्यक्ष धु्रव श्रेष्ठले अपाङ्गता भएका ब्यक्तिहरुको लागी गाउपालिकाले आय आर्जनमा सहयोग पुग्ने कार्यक्रम गाउपालिकाले राखेको र त्यस्ता कार्यक्रम लाई आगामी दिनमा समेत निरन्तरता दिने बताए । साथै अध्यक्ष श्रेष्ठले गाउपालिकाका अपाङ्गता भएका ब्यक्तिहरु लाई जाडोमा न्यायो कपडा दिएकोमा डा. लोहनी लाई धन्यबाद दिदै बिकाश निर्माणको काममा पनी साथ सहयोग रहने बिश्वास लिएको बताए ।
अपाङ्गता भएका ब्यक्तिहरु लाई कम्बल बितरण कार्यक्रम लाई लिखु गाउपालिका वडा नं १ बिक्रम पाण्डे र लिखु वडा नं ४ का समाजसेवी रामचन्द्र अगस्ति लगाएतले सहजिकरण गरेका थिए ।
क्याटेगोरी : समाचार
प्रतिक्रिया दिनुहोस