Techie IT
गृहपृष्ठसमाचारअपाङ्गता भएका ब्यक्तिहरु लाई छुट्टाईएको बजेट उनिहरुको आवश्यकता र माग अनुसारनै खर्च गरिनेः अध्यक्ष श्रेष्ठ

अपाङ्गता भएका ब्यक्तिहरु लाई छुट्टाईएको बजेट उनिहरुको आवश्यकता र माग अनुसारनै खर्च गरिनेः अध्यक्ष श्रेष्ठ


अपाङ्गता भएका ब्यक्तिहरु लाई समान अवसरले सकारात्मक वातावरणका बिचमा राख्न सके सपाङ्ग झै वा त्यो भन्दा धेरै कुनैपनि चुनौतिको सामना गर्न सक्ने लिखु गाउपालिकाका अध्यक्ष धु्रव श्रेष्ठले बताए ।
अपाङ्गता भएको ब्यक्तिहरुको २९ औं अन्तर राष्ट्रिय दिवसको अवसरमा लिखु गाउपालिकाको सामाजिक बिकास शाखा कार्यलयमा भएको कार्यक्रम लाई सम्बोधन गर्दै अध्यक्ष श्रेष्ठले अपाङ्गता भएका ब्यक्तिहरु लाई छुट्टाईएको बजेट उनिहरुको आवश्यकता र माग अनुसार नै खर्च गरिने बताएका छन् ।
कार्यक्रममा लिखु गाउपालिकाका समाजसेवी बिनोद पाठकले अपाङ्गता भएका ब्यक्तिहरु शारिरिक रुपमा ठगिएपनि मानशिक रुपमा नठगिन आग्रह गरेका छन् । उनले त्यस्ता ब्यक्तिहरु लाई क्षमता अनुसारको सिपको बिकाश गाउपालिकाले गराउनुपर्ने बताएका छन्।
यस्तै जिल्ला अपाङ्ग सेवा संघनुवाकोटका अध्यक्ष हरि श्रेष्ठले अपाङ्गता भएका ब्यक्तिहरु लाई छुट्टाईएको बजेट बिचौलिया मार्फत नदिई सिधै अपाङ्गहरुको हातमा दिनु पर्नेमा जोड दिए ।
सन् १९९२ बाट हरेक वर्षको ३ डिसेम्बर दिन संसारभरि विश्व अपांङ्गता दिवस मनाईन्छ । अपाङ्गता भएका ब्यक्तिहरुको २९ औं अन्तराष्ट्रि« दिवशको नारा कोभिड १९ पश्चातको उत्कृष्ट पुनरागमनको शुनिश्च्चतता दिगो बिकाशका लागी हामी सबैको प्रतिबद्धता रहेको छ ।
आजको दिन विभिन्न कार्यक्रम तथा गोष्ठी, ¥यालीहरु आयोजना गरिन्छ, समानता र हौसलाको नारा गुञ्जायमान हुन्छ ।
कार्यक्रममा वडा नं ६का वडा अध्यक्ष हरिशरण लामिछाने, वडा नं ५ का वडा अध्यक्ष रामकृष्ण श्रेष्ठ, लिखु गाउपालिका का स्वास्थ्य संयोजक भिम रोक्का , लिखु गाउपालिका सामाजिक बिकाश शाखाका प्रमुख बिमला ढकाल र लिखु गाउपालिकाका सामुदायिक तथा संस्थागत बिद्यालयहरुका शिक्षक लगाएतको उपस्थिति रहेको थियो ।


क्याटेगोरी : समाचार


प्रतिक्रिया दिनुहोस