Techie IT
गृहपृष्ठसमाचारपोस्टबहादुर बोगटी बहुप्राबिधिक शिक्षालयको शुभारम्भ

पोस्टबहादुर बोगटी बहुप्राबिधिक शिक्षालयको शुभारम्भ


शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणी पोखरेलले प्रविधिक शिक्षा सञ्चालनको लागि दक्ष जनशक्ति र ल्याव अत्यावस्यक रहेको बताए ।
कार्यक्रमलाई संवोधन गर्दै उनले प्रविधिटक शिक्षा प्रयोगात्मकसँग सम्वन्धित भएकोले खर्चिलो हुने समेत बताए । त्यसको लागि आइपर्ने सबै चुनौतीको सामना गर्न सक्ने हिम्मत सञ्चालक समितिमा हुनुपर्ने मन्त्री पोखरेलको भनाई छ ।
यस्तै कार्यक्रममा संघिय सांसदहरु हितबाहदुर तामाङ नरायणप्रसाद खतिवडा लगायतले पनि शिक्षालयको दिगोपनाको लागि आवस्यक सहयोगको प्रतिवद्धता जनाएका छन् ।
यस्तै बागमती प्रदेश उपसभामुख राधिका तामाङ प्रदेश सांसद हिरानाथ खतिवडा, बद्रि मैनाली, नगरपालिकाका मेयर सञ्जु पण्डित लगायतले जिल्लामा स्थापना भएको पोस्टबहादुर बोगटी बहुप्राबिधिक शिक्षालयले जिल्लाको परिचय फेरिएको बताएका छन् ।
यसै शैक्षिक सत्रदेखि तीन वर्षे बाली विज्ञान, पशु विज्ञान र होटल म्यानेजमेन्टको पढाइ हुन लागेको छ । विदुर नगरपालिका वडा नम्बर १ इन्द्रायणी चौरमा पूर्वाधार निर्माण नहुन्जेल सम्म वान्द्रेमा रहेको सहिद प्रतिष्ठानको भवनमा अध्यापन गराउनको लागि पोष्टबहादुर बोगटी बहुप्राविधिक शिक्षालयले सम्झौता समेत गरिसकेको छ । प्रतिष्ठानले शिक्षालयलाई निशुल्क उपलव्ध गराउने सम्झौता गरेको समेत शिक्षालय प्रमुख पुष्पराज प्याकुरेलले बताए ।
नुवाकोटको साथसाथै रसुवा र धादिङको समेत सेन्टरमा रहेको यस शिक्षालयबाट तीन वर्षे विद्यार्थीको कार्यकालबाट दक्ष जनशक्ति मार्फत सस्तो र सुलभ तरिकाले सीपयुक्त प्राविधिक उत्पादन गर्ने लक्ष्य लिएको छ । गरिव तथा जेहेन्दार विद्यार्थीहरुका लागि सिटिईभिटि मार्फत तथा स्थानीय तह मार्फत व्यवस्था गरिएका छात्रवृत्ति सम्वन्धी आरक्षित कोटा समेत रहेको शिक्षालय प्रमुख प्याकुरेलले बताए ।


क्याटेगोरी : समाचार


प्रतिक्रिया दिनुहोस