Techie IT
गृहपृष्ठसमाचारकिस्पाङ गाउपालिकाले ग¥यो अपाङ्गता भएका ब्यक्तिहरुलाई घरमै पुगेर सहयोग

किस्पाङ गाउपालिकाले ग¥यो अपाङ्गता भएका ब्यक्तिहरुलाई घरमै पुगेर सहयोग


किस्पाङ नुवाकोट
किस्पाङ गाउँपालिकाले अपाङ्गता भएका व्यक्तिहरुलाई ह्विल चियर, शैक्षिक सामाग्री र आर्थिक सहयोग प्रदान गरेको छ ।
गाउँपालिकाको आर्थिक सहयोग तथा अपाङ्गता मानव अधिकार मञ्चको समन्वयमा गाउँपालिकाका अध्यक्ष छत्रबहादुर लामाले घरमा नै पुगेर ५ जनालाई ह्विल चियर प्रदान गरेका हुन् । यस्तै गाउँपालिकाको विभिन्न विद्यालयमा पढ्दै आएका ८ जना विद्यार्थीको घरमा नै पुगेर झोला, डट्पेन, ज्यामिति बक्स, कलर लगायतको शैक्षिक सामाग्री प्रदान गरिएको छ । ६ जना विद्यार्थीलाई भने विद्यालय सञ्चालनमा आए पछि विद्यालयमा नै शैक्षिक सामाग्री उपलव्ध गराइने गाउँपालिकाका अध्यक्ष लामाले बताए ।
यस्तै ३० जना अपाङ्गता भएका व्यक्तिलाई आर्थिक सहयोग गरिएको छ । उनीहरुको अवस्था अनुसार सबैलाई गरी एक लाख २५ हजार रुपैयाँ प्रदान गरिएको नेपाल रेडक्रस सोसाइटी काउले उपशाखा सदस्य रबिन्द्र न्यौपानेले जानकारी दिए ।


क्याटेगोरी : समाचार


प्रतिक्रिया दिनुहोस