अदातलको ‘शून्य समय’ भदौ १ देखि हट्ने
कोरोना भाइरस संक्रमण रोक्न भन्दै सरकारले लागू गरेको लकडाउनका कारण देशभर अदालतका मुद्दा प्रभावित भए ।
संक्रमणको महामारी सम्वोधन गर्न कानुनी व्यवस्था नहुँदा सर्वोच्च अदालतल आफैंले मुद्दा सिर्जना गरि कानुनी अडवडको व्याख्या ग¥यो। चैत ११ गते सुरु भएको लकडाउन मंगलबार मध्यरातबाट अन्त्य गर्ने निर्णय सरकारले ग¥यो। यससँगै देशभर रोकिएका मुद्दाहरुको अवस्था के हुने भन्ने चासो सुरु भएको छ।
करिब तीन महिना रोकिएको मुद्दाको प्रक्रिया अब भदौ १ गतेबाट मात्र सुरु हुने भएको छ। सर्वोच्चले कानुनी वाधा (अडवड) फुकाउन गरेको फैसलाले यो अवधिको सम्पूर्ण मुद्दाका प्रक्रियालाई ‘शून्य अवधि’ मानेको थियो ।
क्याटेगोरी : समाचार
प्रतिक्रिया दिनुहोस