समाजसेवी अगस्तिले गरे घरभाडा छुट
लिखु गाउपालिका वडा नं ४ का समाजसेवी रामचन्द्र अगस्तिले एक महिनाको घर भाडा छुट गरेका छन् । बिश्वभर फैलिएको कोभिड १९ (कोरोना)को असरको कारणले परेको आर्थीकभार लाई मध्यनजर गर्दै आफुले १ महिनाको घरभाडा छुट गरेको उनले बताए ।
शाखा कार्यालय नुवाकोट चौघडामा रहेको ग्लोबल आईएमई लघुबित्त बित्तिय संस्था लिमिटेड लाई समाज सेवी अगस्तिले २०७७ असार महिनाको भाडा छुट गरेका हुन् ।
भाडा छुट गरे संगै ग्लोबल आईएमई लघुबित्त बित्तिय संस्था लिमिटेडले समाजसेवी अगस्ति र उनका श्रीमती पार्वती न्यौपाने अगस्ति लाई सम्मान समेत गरेको छ ।
क्याटेगोरी : समाचार
प्रतिक्रिया दिनुहोस