लिखु गाउपालिका र पञ्चकन्या गाउपालिकामा संचालन भएको सामुहिक खेतीमा बिवादनै बिवाद
लिखु गाउपालिका र पञ्चकन्या गाउपालिकामा संचालन भएको सामुहिक खेतीमा अर्को बिवाद सिर्जना भएको छ ।
सामुहिक खेतिमा भष्ट्र्चार भएको भनि समाचार बाहिरिरहेकै बेला सामुहिक खेतकिा सेयर सदस्य माथि हातपात भएको भनि बुधवार प्रेस बिज्ञप्ती सार्वजनिक भएको छ । पञ्चकन्या गाउपालिका वडा नं १ का वडा अध्यक्षले लिखु गाउपालिकाका अध्यक्ष सहित केही सेयर सदस्य लाई सामुहिक खेतीको बैठकमा बोलाएका थिय । सोही बैठकमा लिखु गाउँपालिकाका अध्यक्ष धुव्र श्रेष्ठले सामुहिक खेती कार्यक्रमको बैठकमा खेती कार्यक्रमका सेयर सदस्य तथा लिखु गाउँपालिका वडा नम्बर ४ चौघडाका समाजसेवी रामचन्द्र अगस्तीमाथि हातपात गरेको भनि बिज्ञप्ती सर्वजनिक भएको हो ।
बिज्ञप्ती सार्वजनिक गर्दै अगस्तिले १ शय ८८ जना सेयर सदस्य रहेकोमा २ जना मात्र बोलाई हातपात गर्दा आफु माथि सुनिश्चत आक्रमण रहेको बताएका छन् । गाउँपालिकाका अध्यक्ष श्रेष्ठले कुटपिट गर्दा पन्चकन्या गाउँपालिकाका अध्यक्ष तेजवहादुर तामाङ, पन्चकन्या गाउँपालिका वडा नम्बर १ का वडाध्यक्ष मणिनाथ लामिछाने, सामुहिक खेती कार्यक्रमका सचिव तथा नेपाली कांग्रेस नुवाकोटका जिल्ला नेता बैकुन्ठ मिश्र, कांग्रेस नुवाकोटका महाधिवेशन प्रतिनिधि कृष्ण मिश्र, पत्रकार शालिकराम चालिसे लगायत एक दर्जन बैठकमा सहभागि रहेको बताईएको छ ।
उनले २०७७÷१÷१७ गते ज्ञान केन्द्र बाट काम सकिएको अनुगमन र पाच दिन पछि समितिले काम बन्दा बन्दिको लागी बोलपत्र आब्हान गर्नु, १ शय ८८ जना सेयर सदस्य रहेको कसैलाई थाहानै नदिई आफुखुसी चक्लाबन्दिको सुरुवात गरेको , स्टमेट नगरि, बिज्ञ नबोलाई गह्रा मासेको र त्यसलाईनै चक्लाबन्दि भनिदै आएकोले यो सरासर अनिमियतता भएकोले आफुले अख्तिियारमा चिठि दिने बताएका छन् ।
लिखु र पञ्चकन्यामा संचालित सामुहिक खेतीमा सबा दई करोड लगानी भएको छ । जस्मा १ शय ८८ जना सेयर सदस्य रहेका छन् ।
क्याटेगोरी : समाचार
प्रतिक्रिया दिनुहोस