असार १ गते देखी नुवाकोटका नदिहरुबाट नदिजन्य सामाग्री उत्खनन गर्न नपाईने
असार १ गते देखी नुवाकोटका नदिहरुबाट नदिजन्य सामाग्री उत्खनन गर्न रोक लगाईएको छ ।
बुधवार जिल्ला समन्वय समितीमा बसेको बैठकले असार १ बाट भाद्र मसान्त सम्म नदिजन्य सामाग्री उत्खनन गर्ने लाई मुद्दा लगाउने निर्णय भएको जिल्ला समन्वय समिती नुवाकोटका प्रमुख सनतमान तामाङले बताए ।
बैठकमा असार १ बाट भाद्र मसान्त सम्म उत्खनन गर्न नपाईने, यदि कसैले नदि बाट नदिजनय सामाग्री ओसारपसार गरेको पाईएमा कानुन बमोजिम कडा कार्वाही गर्ने र जिल्लाका सबै स्थानिय तहहरुले अनुगमन गर्ने र प्रत्येक ३ महिनामा जिल्ला समन्वय समितीमा बुझाउने निर्णय भएको छ ।
नुवाकोटका सम्पुर्ण स्थानिय तहका प्रमुख लगाएतको उपस्थिती रहेको बैठकमा सम्पुर्ण स्थानिय तहहरुले आ आफ्नो क्षेत्रमा नदि उत्खनन हुन नदिने प्रतिबद्दता ब्यक्त गरेका छन् । तीन महिनाको अवधि भित्र कसैले नदीमा ठुला साधनका साथै हाते औजारले समेत उत्खनन गर्न नपाईने बताईएको छ ।
असार १ गते भन्दा अगाडी उत्खनन गरेको सामाग्री लाई स्टक प्रमाणीत गरि बिक्री बितरण गर्न पाईने बताइर्एको छ ।
पछिल्लो समय नुवाकोटाका नदिहरुमा ब्यापक उत्खनन भएको र नगरपालिका तथा गाउँपालिकाहरुले अनुगमन नगरेको भन्दै आलोचना भएको थियो ।
क्याटेगोरी : समाचार
प्रतिक्रिया दिनुहोस