Techie IT
गृहपृष्ठसमाचारकोरोना भाइरसको विश्व महामारीमा जोखिमपूर्ण रुपमा काम गरिरहेका नुवाकोटका ९५ जना पत्रकारहरुको सामुहिक बीमा

कोरोना भाइरसको विश्व महामारीमा जोखिमपूर्ण रुपमा काम गरिरहेका नुवाकोटका ९५ जना पत्रकारहरुको सामुहिक बीमा


कोभिड–१९ कोरोना भाइरस को विश्व महामारीमा जोखिमपूर्ण रुपमा काम गरिरहेका नुवाकोटका पत्रकारका लागि नेपाल पत्रकार महासंघ जिल्ला शाखा नुवाकोटले कोरोना बीमा गरेको छ ।
पत्रकार महासंघ नुवाकोटका सदस्य तथा जिल्लामा क्रियाशिल ९५ जना पत्रकारहरुको सामुहिक बीमा भएको हो । उनिहरु सबैको जनही एक्एक लाख रुपैयाँको बीमा भएको छ । नेपालमा कोरोना भाइरसको संक्रमणबाट २ जनाको मृत्यु भइसकेको र पत्रकारहरु समेत भाइरसको संक्रमण परिसकेको अवस्थामा बीमा नुवाकोटका पत्रकारहरुको सुरक्षाका लागि कोरोना बीमा गरिएको पत्रकार महासंघ नुवाकोटका अध्यक्ष कपिलदेव खनालले जानकारी दिए ।
कोरोना बीमाका लागि विदुर नगरपालिका र रुडेक नेपाल नामक गैर सरकारी संस्थाले आर्थिक सहयोग गरेको छ । प्रति व्यक्ति छ सय रुपैयाँका दरले विदुर नगरपालिकाले ७० जना पत्रकारको र रुडेक नेपालले २५ जना पत्रकारको शुल्क तिरेको छ । उक्त बीमा अनुसार कुनै पत्रकार कोरोना भाइरसबाट संक्रमित भएमा बीमा कम्पनी सिद्धार्थ इन्स्योरेन्सले एक लाख रुपैयाँ सम्बन्धित पत्रकारलाई उपलब्ध गराउने छ ।
नेपाल पत्रकार महासंघ नुवाकोटले आज बीमा कार्यक्रम घोषणा गर्दै पत्रकारहरुलाई कम्तिमा केही आत्मबल बढाउनका लागि यो प्रयास गरिएको र यसमा सरकारी तथा गैर सरकारी नियकाबाट सहयोग प्राप्त भएको जनाएको छ । विदुर नगरपालिकाका प्रमुख सञ्जु पण्डितले जोखिमको बेलामा पत्रकारहरु निरन्तर खटिरहनु पर्ने भएकोले सुरक्षाको प्रत्याभुती दिन सहकार्य गरेको बताउनुभयो । स्थानीय सरकार सबै पेशा, नागरिकको सुरक्षा गर्न र सहकार्य गर्न तत्पर रहिरहेको र त्यसको उदाहरणको रुपमा पत्रकार महासंघसंगको बीमा सहकार्य कार्यक्रम रहेको प्रमुख पण्डितले बताए ।
पत्रकार महासंघलाई बीमा शुल्क सहयोग गरेको रुडेक नेपालका अध्यक्ष मीनकुमार केसीले प्रत्येक सञ्चार गृहले आफ्नोमा कार्यरत पत्रकारहरुको बीमा गराउने सम्भावना नभएको र संस्थागत रुपमा यसरी भएको बीमा कार्यक्रमले आफुलाई उत्साहि गराएर आर्थिक सहयोग गरेको प्रतिक्रृया दिए ।
बीमा कार्यक्रम घोषणा अवसरमा प्रेस सङ्गठन नेपालका केन्द्रिय सदस्य देवचन्द्र भट्ट र नेपाल प्रेस युनियनका पुर्व केन्द्रिय सदस्य शिव देवकोटाले पत्रकार महासंघले गरेको बीमा कार्यक्रमले कार्यक्षेत्रमा खटिएका पत्रकारहरुलाई उर्जा दिएको बताए । पत्रकारहरुको अप्ठ्यारो अवस्थामा पत्रकार महासंघ नुवाकोटले गर्दै आएको प्रयासहरुको उनिहरुले प्रशंसा गरेका थिए ।


क्याटेगोरी : समाचार


प्रतिक्रिया दिनुहोस