Techie IT
गृहपृष्ठसमाचारकाठमाडौं महानगरपालिकाका ३१ जना सरसफाइ गर्ने कर्मचारीर्मा यापिड डाइग्नोष्टिक टेस्ट (आरडिटी) गर्दा कोरोनाको एन्टिबडी पोजेटिभ देखियोे

काठमाडौं महानगरपालिकाका ३१ जना सरसफाइ गर्ने कर्मचारीर्मा यापिड डाइग्नोष्टिक टेस्ट (आरडिटी) गर्दा कोरोनाको एन्टिबडी पोजेटिभ देखियोे


काठमाडौं महानगरपालिकाका ३१ जना सरसफाइ गर्ने कर्मचारीर्मा यापिड डाइग्नोष्टिक टेस्ट (आरडिटी) गर्दा कोरोनाको एन्टिबडी पोजेटिभ देखिएको छ ।
शुक्रबार टेकु अस्पतालमा गरिएको परीक्षणमा उनीहरूमा एन्टिबडी पोजेटिभ देखिएको महानगरपालिकाकी उपमेयर हरिप्रभा खड्गीले जानकारी दिए । पोजेटिभ देखिएकामध्ये १६ जना पुरुष र १५ जना महिला छन् । जसमा चालकहरू समेत रहेका छन्।
अहिले उनीहरूलाई महानगरपालिकाको वातावरण भवनको क्वारेन्टाइनमा राखिएको छ। उनीहरूको संक्रमण यकिन गर्न थप पिसिआर परीक्षण गर्ने तयारी गरिएको छ।
उपत्यकामा समेत कोरोना संक्रमणको जोखिम बढेपछि धेरै मानिसहरूको भीडभाड हुने ठाउँमा कोरोनाको परीक्षण सुरु गरिएको हो । बिहीबार मात्रै कालिमाटी तरकारी बजारमा ७ सय बढी मानिसको परीक्षण गरिएको थियो।

शुक्रबार टेकु अस्पतालमा महानगरपालिकाका सरसफाईमा खटिने ९ सय ३२ जना कर्मचारीको कोरोना परीक्षण गरिएको हो। जसमा ६ सय ६४ जनको र्या्पिड टेस्ट र २ सय ६८ जनाको पिसिआर परीक्षण गरिएको हो।
सरकारले उपत्यकामा १० हजार व्यक्तिको कोरोना परीक्षण गर्ने जनाएको छ।


क्याटेगोरी : समाचार


प्रतिक्रिया दिनुहोस