जनतालाई भोकै पार्दैनौंः मेयर शाक्य
काठमाडौ माहानगरपालिकाका प्रमुख बिद्यासुन्दर शाक्यले माहानगर भित्रका जनतालाई भोको हुन नदिने बताएका छन् ।
यस्तो अवस्थामा राहतको कार्यक्रम कसरी अगाडि बढाउने भनेर सोच्ने बेला आएको छ मेयर शाक्यले बताए । उनले राहातको मोडालिटी परिवर्तन गरेर कसैलाई भोको नरहने गरीे काम गर्ने बताए । अहिले जसरी राहत बाँडिएको छ यसको मोडालिटी परिवर्तन गर्नैपर्छ। अहिले खाना ख्वाइरहेको समेत रोक्न सुझाव आएको छ, एकले अर्कालाई नचिन्ने, एक ठाउँबाट अर्को ठाउँमा जाने भएकाले यसलाई रोक्न पर्नेसमेत देखिएकोकोले मोडालिटी बदल्ने बताएका हुन् । जस्तो अवस्था आए पनि हामी जनतालाई भोको बस्न दिदैनौं तर मोडालिटी परिवर्तन हुन्छ डर र त्रास फैलिएको छ, जो सेवा गर्न हिँडेको छ ऊ पनि संक्रमित भयो भने डरलाग्दो स्थिति आउन सक्ने उनको भनाई छ ।
प्रमुख शाक्यले जनतालाई धेरै किनमेलमा नजान समेत आग्रह गरेका छन् ।
अहिले धेरै रोजेर(छानेर खाने बेला होइन। मीठोका लागि भन्दा पनि बाँच्नका लागि खाने समय भएकोले छानी(छानी खानेभन्दा बाँच्नपर्छ भनेर खाने हो । उनले केही दिनका लागि खाद्यान्न स्टक छ भने खाद्यान्न नभित्र्याउन समेत आग्रह गरेका छन् ।
क्याटेगोरी : समाचार
प्रतिक्रिया दिनुहोस