१ लाख घुस सहित नुवाकोटका डिएफओ जयमंगल प्रसाद गुप्ता पक्राउ
डिभीजन वन कार्यालय नुवाकोटका प्रमुख (डिएफओ) जयमंगल प्रसाद गुप्तालाई १ लाख रुपैयाँ घुस सहित अख्तियारल पक्राउ गरेको छ ।
शनिबार अख्तियार दुरुपयोग अनुसन्धान आयोग टोलीले सेवाग्राहीसँग घुस लिदालिदै रङ्गेहात पक्राउ गरेको आयोगले जनाएको छ । अख्तियारको टोलीले डिएफो गुप्तालाई पक्राउ गरी आवश्यक कारवाहीको लागि काठमाडौं लगेको छ ।
डिएफओ गुप्ताले सूर्यगढी गाउँपालिकाको वडा नम्बर ५ को नयाँपुलमा रहेको ढुंङ्गाखानी सञ्चालन गर्न अनुमति दिनको लागि दशौ लाख रुपैयाँ मोलमोलाई भएको र पेश्की स्वरुप १ लाख रुपैयाँ सेवाग्राहीसँग घुस लिएको अनुमान गरिएको छ । हाल डिभीजन वन कार्यालयले खानी सञ्चालन गर्न रोक लगाएको थियो ।
गत बुधबार पञ्चकन्या गाउँपालिकामा स्थानीयहरुले बन कार्यालयलाई जिम्मा लगाएको घोरल हराएपछि डिएफओ विवादित बन्दै गएका थिए । खोलाले बगाउँदै ल्याएको उक्त घाइते घोरल डिभिजन बन कार्यालय नुवाकोटबाट बुधबार रातीनै फलामे खोर फुटाएर भागेको बिज्ञप्ति डिभिजन बन कार्यालय नुवाकोटले जारी गरेको थियो
क्याटेगोरी : समाचार
प्रतिक्रिया दिनुहोस