Techie IT
गृहपृष्ठसमाचारकार्डसन नुवाकोटद्वारा पञ्चकन्या र शिवपुरी गाउँपालिकालाई स्वास्थ्य सामग्री प्रदान

कार्डसन नुवाकोटद्वारा पञ्चकन्या र शिवपुरी गाउँपालिकालाई स्वास्थ्य सामग्री प्रदान


नुवाकोट जिल्लाको पञ्चकन्या र शिवपुरी गाउँपालिकालाई कार्डसन नुवाकोटले स्वास्थ्य सामग्री प्रदान गरेको छ । आइतबार जिल्लाको पुर्वी भेगमा अवस्थित शिवपुरी र पञ्चकन्या गाउँपालिकालाई कार्डसन नुवाकोट ले कोरोना भाईरस नियन्त्रणका लागि आवश्यक स्वास्थ्य सामाग्री प्रदान गरेको हो । कार्डसन नुवाकोटका अध्यक्ष पदम उप्रेतीले शिवपुरी गाउँपालिकाका अध्यक्ष रामकृष्ण थापा र पञ्चकन्या गाउँपालिकाका अध्यक्ष तेजबहादुर तामाङलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेका थिए ।
दुबै गाउँपालिकालाई छुट्टाछुट्टै प्रदान गरिएको स्वास्थ्य सामग्रीमा पिपिई २ थान,थर्मो्मिटर १ओटा,केएन ९५ माक्स २५ थान, हेण्ड सेनिटाईजर ५० ओटा, पञ्जा २ बाकस,सर्जिकल माक्स १ हजार ५ शयओटा रहेको छ ।
उक्त स्वास्थ सामाग्री शान्ति भोलेन्टियर्स एसोसिएसन जापान एसभिए जापानको आर्थिक सहयोगमा कार्डसन नुवाकोटले कोरोना भाईरस नियन्त्रणमा नुवाकोट मा सहयोग पुर्याउन हस्तान्तरण गरिएको कार्डसन नुवाकोटका अध्यक्ष पदम उप्रेतिले जानकारी दिए ।


क्याटेगोरी : समाचार


प्रतिक्रिया दिनुहोस