पञ्चकन्या गँउपालिका र लिखु गाउपालिकाका समाजसेवीहरुले गरे बृद्ध बृद्धा लाई निरन्तर सहयोग
नुवाकोट जिल्लाको पञ्चकन्या गँउपालिका र लिखु गाउपालिकाका यूवाहरुले जेष्ठ नागरिकहरु लाई सहयोग गर्नेकामलाई निरन्तरता दिएका छन् ।
बिदुर नगरपालिका वडा नं ५ मा रहेको देबिघाट ज्येष्ट नागरिक संरक्षण तथा अध्यन प्रतिष्ठानका जेष्ठ नागरिकहरुलाई शनिबार हरियो तरकारी ,अण्डा ४ बाक्सा गरि २० हजार बराबरको सहयोग गरेका हुन् । यसअघि (२ गते)मंगलबार सामाजिक अभियान्ताहरु भगवान पौडेल, जिवन श्रेष्ठ,शिशिर मिश्र,रामचन्द्र अगस्ती लगाएतका अभियान्ताहरुमिलेर २५ हजार बराबरको खाद्यान्न सहयोग गरेको थिए । यस अघि खाद्यान्न लैजादा तरकारीको अभाव भएको देबिघाट जेष्ठ नागरिक अध्ययन प्रतिष्ठानका अध्यक्ष बिष्णुप्रसाद नेपालले जानकारी गराएपछि आफ्नो टोलीले तरकारी सहयोग गरेको समाजसेवी जिवन श्रेष्ठले बताए ।
कोरोना भाइरसको संक्रमण,नियन्त्रण र रोकथामका लागि सरकारले आहृवान गरिएको लकडाउनका कारण आश्रममा बसेका जेष्ठ नागरिक, असाहाय तथा अशक्तहरुमा तरकारीको अभाबलाई कम गर्न हरियो तरकारीको ब्याबस्था मिलाएको पंचकन्या १ का समाजसेवी भगवान पौडेलले बताए । साथै आफुहरुले धेरै ठाउमा सहयोग गरेको र काही अप्ठेरो परे आफ्नो टोलीलाई खबर गर्न पौडेलले आग्रह गरेका छन् ।
पंचकन्या गाउपालीकाका भगवान पौडेल,जिवन श्रेष्ठ, शिशिर मिश्र, लिखु गाउपालीका ४ का रामचन्द्र अगस्ती सहितको टोलीले बिभिन्न ठाउमा गई अशक्तहरु लाई सहयोग गरिरहेका छन् । यस्तै बिभिन्न ठाउबाट राहात आए संगै देबिघाट ज्येष्ट नागरिक संरक्षण तथा अध्यन प्रतिष्ठानका नागरिकहरु लाई ३ महिना सम्म खाद्यान्न किन्न नपर्ने प्रतिष्ठानका अध्यक्ष बिष्णुप्रसाद नेपालले बताए ।अहिले प्रतिष्ठानमा महिना ८ र पुरुष २१ गरि २९ जना जेष्ठ नागरिकहरु रहेका छन्. ।
क्याटेगोरी : समाचार
प्रतिक्रिया दिनुहोस