वडा अध्यक्ष आफै खटिए मानिस तथा पशुपन्छिको स्वास्थ्य परिक्षण गर्न

नुवाकोटको पञ्चकन्या गाउपालिका वडा नं २ मा मानिस तथा पशुपन्छिको स्वास्थ्य परिक्षण गरिएको छ ।
बिश्वमानै माहामारकिो रुपमा फैलीरहेको कोभिड १९(कोराना)को सक्रमण रोक्न नेपाल सरकारले गरेको लकडाउनले गर्दा दैनिक औषधी सेवन गर्ने तर औषधी नपाएका ब्यत्तिहरुलाई घरमानै पुगी वडा अध्यक्ष ध्रुव मिश्रले चेकजाच तथा औषधी बितरण गरेका हुन् ।
प्राबिधिक टोली सहित मानिष तथा पशुपन्छिको चेकजाच र निशुल्क औषधी बितरणका साथै कृषकहरु लाई बिउ बिजन समेत बितरण ब्यत्तिगत खर्च बाट गरेको वडा अध्यक्ष मिश्रले बताए ।मिश्र जनप्रतिनिधि संगै पशु चिकित्सक समेत रहेका छन् ।
यस अघि वडाअध्यक्ष मिश्रले कृषान संग वडा अध्यक्ष भन्ने नाराका साथ किषानहरु लाई गाई, बिषाधी छर्कने पम्प बितरण गरेका थिए ।
क्याटेगोरी : समाचार
प्रतिक्रिया दिनुहोस