शहर बाट गाँउ नर्फकनुसः मेयर शाक्य
काठमाडौं महानगरका प्रमुख बिद्यासुन्दर शाक्यले सहर बाट गाँउ नफर्कन आग्रह गरेका छन् ।सबै मिलेर महामारी नियन्त्रण गर्नु पर्ने यो संकटको समयमा सहरबाट गाउँ नफर्कन आग्रह गर्दै कुनै समस्या परे माहानगरले त्यसको समाधान गर्ने बताएका छन् । मेयर शाक्यले यो समयमा नयाँ बर्षलाई घरमै बसेर उल्लासमय बनाउन र सरकारले जारी गरेको लकडाउनको आदेश पालना गर्न अपिल समेत गरेका छन् ।
महानगरले गरेको कामको उल्लेख गर्दै सहरलाई निसंक्रमण बनाउन स्प्रे गरिएको, फोहोर संकलन, ढुवानी र अन्तिम व्यवस्थालाई नियमित गरिएको, ब्रुमरले सडक बढार्ने काम भएको, सहरमा बसेर हातमुख जोर्ने समस्या भएका परिवारलाई वडाबाट राहत सामाग्री वितरण गरिएको बताए । कोभिडको आशंका भए महानगरले सञ्चालनमा ल्याएको कोभिड निगरानी प्रणाली मोवाइल एप्लिकेसनको प्रयोग गर्न र अस्पताल जान १०२ एम्बुलेन्स सेवाको प्रयोग गर्न समेत आग्रह गरेका छन् ।
क्याटेगोरी : समाचार
प्रतिक्रिया दिनुहोस