Techie IT
गृहपृष्ठसमाचार२०७७ को अबसरमा बृद्ध,बृद्धाहरुलाई सहयोग

२०७७ को अबसरमा बृद्ध,बृद्धाहरुलाई सहयोग


पञ्चकन्या गाउपालिका वडा नं १,२ र लिखु गाउपालिका वडा नं ४ का सामाजिक अभियान्ताहरुले नया बर्ष २०७७ को अबसरमा बृद्ध,बृद्धाहरु लाई सहयोग गरेका छन् ।
बिश्वमानै माहामारकिो रुपमा फैलीरहेको कोभिड १९(कोराना)को सक्रमण रोक्न नेपाल सरकारले गरेको लकडाउनले बृद्धहरुमा खानाको समस्या नहोस भनि खाद्यान्न सहयोग गरेको लिखु गा.पा ४ का सामाजिक अभियान्ता रामचन्द्र अगस्तिले जानकारी दिए । बिदुर नगरपालिका वडा नं ५ मा रहेको देबिघाट ज्येष्ट नागरिक संरक्षण तथा अध्यन प्रतिष्ठानका बृद्ध बृद्धा लाई खाद्यान्न सहयोग गरिएको हो ।
सामाजिक अभियान्ताहरु भगवान पौडेल, बिष्णुहरी मिश्र,जिवन श्रेष्ठ,शिशिर मिश्र,रामचन्द्र अगस्ती र रामशरण देवकोटा,पार्वती अगस्ति न्यौपाने लगाएतका अभियान्ताहरुमिलेर २५ हजार बराबरको खाद्यान्न सहयोग गरेको भगवान पौडेल जानकारी दिए ।


क्याटेगोरी : समाचार


प्रतिक्रिया दिनुहोस