Techie IT
गृहपृष्ठसमाचारलिखु ४ मा डिसईन्फेक्सन स्र्पे

लिखु ४ मा डिसईन्फेक्सन स्र्पे


विश्वव्यापी महामारीका रूपमा फैलिँदै गइरहेको कोभिड–१९ (कोरोना भाइरस) को संक्रमणलाई लिखु गाउपालिका वडा नं ४ चौघडामा फैलन नदिन डिसईन्फेक्सन स्र्पे छर्किएको छ ।
लिखु गाउँपालिका वडा नं ४ र गाउँपालिकाको स्वास्थ्य शाखाको सहयोगमा वडा नम्बर ४ चोघडाको विभिन्न स्थानमा कीटनाशक औषधि १ हजार लिटर डिसईन्फेक्सन स्र्पे छर्किएको हो । स्थानिय युवाहरु रामचन्द्र अगस्ती, सनम राई,सद्धाम राई ,रवि मानन्धर,प्रयास राई,विक्रम राई,मनोज राई,रामशरण देवकोटा र गोविन्द साउत लगायतको टोलीले वडा नम्बर ४ को विभिन्न स्थानमा (डिसइन्फेक्सन स्प्रे) छर्किएको हो ।
विशेषगरी भीडभाड हुने गरेका स्थान, ओसिलो र घाम नलाग्ने ठाउँमा कीटनाशक औषधि छरिएको स्थानिय रामचन्द्र अस्तीले जानकारी दिए । उनले सरकारले थालेको कोरोना रोकथाम र नियन्त्रणको अभियानमा सघाउन अनुरोध गर्दै गाउँपालिकाका विभिन्न स्थानमा समेत कीटनाशक औषधि छरिने जानकारी दिए ।
कोरोना भाइरसको सङ्क्रमणलाई फैलिन नदिन गाउँपालिकाले थालेको कोरोना रोकथाम अभियान अन्तर्गत कीटनाशक औषधि छर्कने काम भएको गाउँपालिकाका अध्यक्ष धुव्र श्रेष्ठले जानकारी दिए । यस अघि पनि स्थानिय यूवाहरुले ३० पम्म बिषादी (किटनाशक औषधि) छर्किएको थियो ।


क्याटेगोरी : समाचार


प्रतिक्रिया दिनुहोस