Techie IT
गृहपृष्ठसमाचारमहानगर क्षेत्र भित्रका विभिन्न स्थानमा डिसइन्फेक्सन स्प्रे

महानगर क्षेत्र भित्रका विभिन्न स्थानमा डिसइन्फेक्सन स्प्रे


विश्वव्यापी महामारीका रूपमा फैलिँदै गइरहेको कोभिड–१९ (कोरोना भाइरस) को संक्रमणलाई महानगर क्षेत्र भित्र फैलिन नदिन बुधबारबाट महानगर क्षेत्र भित्रका विभिन्न स्थानमा डिसइन्फेक्सन स्प्रे (किटनाशक औषधि) छर्कन थालेको छ।
विश्वव्यापी महामारीका रूपमा फैलिँदै गइरहेको कोभिड–१९ (कोरोना भाइरस) को संक्रमणलाई महानगर क्षेत्र भित्र फैलिन नदिन यस्तो प्रयासको थालनी गरेको महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले बताए ।
‘काठमाडौं महानगपालिकाले बढी भिडभाड हुने भित्रि बजारलगायतका स्थानमा बुधबारबाट किटनाशक औषधि छर्कने कार्यको सुरुवात गरेको हो । ‘सार्वजनिक स्थानहरुमा किटनाशक औषधि छर्किने, सडक पानीले पखाल्ने, बु्रमरले सडक सफा गर्ने जस्ता कामलाई निरन्तरता दिने काठमाडौ माहानगरपालिकाका शाक्यले बताए ।
यस्तै, महानगरले खाद्यान्नको अभाव हुन नदिने प्रतिवद्धता पनि जनाएको छ । प्रमुख शाक्यले सकेसम्म महानगवासीलाई खाद्यान्नको समस्या हुन नदिन स्थानीय प्रशासनसँग सहकार्य गरेर अघि बढ्ने पनि बताए ।


क्याटेगोरी : समाचार


प्रतिक्रिया दिनुहोस