सुन्दरीटार यूवा क्लवको आयोजनामा कोरोना सम्बन्धि जनचेतनामुलक कार्यक्रम
विबश धमला
लिखु २ नुवाकोट
सुन्दरीटार यूवा क्लव लिखु २ को आयोजनामा भएको विश्व महामारीको रुपमा फैलिरहेको कोभिड १९ (कोरोना) भाईरस सम्बन्धी सचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ ।
कोरोना भाईरस के हो ? यो कसरी सर्छ ? यसबाट जोगीन अपनाउनु पर्ने उपायहरु लगायतका बिषयमा जानकारीका साथै लिखु गाउपालिका वडा नं १,२ र सुर्यगढी वडा नं ३ मा १ शय थान थर्मोमिटर र ४ शय थान साबुन समेत बितरण गरेको छ ।
सुन्दरीटार यूवा क्लवको आयोजनामा भएको कार्यक्रममा आर्थीक सहयोग लिखु गाउपालिका र प्राबिधिक सहयोग डिल्लीप्रसाद ढकालको रहेको क्लवका अध्यक्ष चिरञ्जिवी लममिछानेले जानकारी दिए ।
माहामारीको रुपमा फैलिरहेको भाईरस लाई लिखु गाउपालिकामा फैलन नदिन कार्यक्रमको आयोजना गरेको क्लवका सचिव शारदाप्रसाद ढकालले जानकारी दिए ।
कार्यक्रममा लिखु गाउपालिका वडा नं १ का वडा अध्यक्ष नरहरी पाण्डे, २ का वडा अध्यक्ष भिमबहादुर घले ढिकुरे प्रहरी चौकीका ईन्चार्ज कबिन्द्र घिमिर,े क्लवका पदाधिकारी लगाएतको उपस्थिती रहेको थियो ।
क्याटेगोरी : समाचार
प्रतिक्रिया दिनुहोस