Techie IT
गृहपृष्ठसमाचारलिखु गाउपालिकामा हेल्थ डेस्क

लिखु गाउपालिकामा हेल्थ डेस्क


नुवाकोटको लिखु गाउपालिकामा कोरोना भाइरस कोभीड(१९ संक्रमण जाँच गर्न तथा स्वास्थ्य निगरानीका लागि हेल्थ डेस्क राखिएको छ ।
लिखु गाउपालिकाले वडा नं ६ छहरे बजार र वडा नं १ ढिकुरे बजारमा हेल्थ डेस्क राखेको हो ।
काठमाडौमा कोरोनाको संक्रमण बढेको खबर बाहिर आएसँगै कडाइका साथ निगरानी बढाइएको लिखु गाउपालिकाका अध्यक्ष धु्रव श्रेष्ठले बताए ।
काठमाडौ लगाएतका स्थान बाट भित्रिने यात्रुहरुको स्वास्थ्य परीक्षणका लागि सोमबारेखि हेल्थ डेस्क सञ्चालनमा ल्याइएको हो ।
हेल्थ डेस्कमा २ जना स्वास्थ्यकर्मी तथा आवश्यकता अनुसार सुरक्षाकर्मी खटाइएको छ ।


क्याटेगोरी : समाचार


प्रतिक्रिया दिनुहोस