Techie IT
गृहपृष्ठसमाचारनेपालको सस्कृति लाई जगेर्ना संगै रुपान्तरण गर्नु पर्ने¤ पुर्व प्रधानमन्त्रि झलनाथ खनाल

नेपालको सस्कृति लाई जगेर्ना संगै रुपान्तरण गर्नु पर्ने¤ पुर्व प्रधानमन्त्रि झलनाथ खनाल


नेपालको सस्कृति लाई जगेर्ना संगै रुपान्तरण गर्नु पर्ने नेकपाका बरिष्ठ नेता एवं पुर्व प्रधानमन्त्रि झलनाथ खनालले बताए ।
नेपालको बिभिन्न स्थानमा बिराजमान रहेका जिबित कुमारी पुजा कार्यक्रम अन्र्तगत नुवाकोटमा बिराजमान रहेका कुमारीको पुजा गर्ने कार्यक्रम लाई सम्बोधन गर्दै नेता खनालले असल सस्कृती लाई जोगाई आवश्यक अनुसार बिकाश गर्नु पर्ने बताए ।
नुवाकोटको भैरवी मन्दिरको प्रागणमा भएको कार्यक्रममा नुवाकोटमा रहेका जिबित कुमारी – दिनिशा डंगोल) लाई पुजा गरिएको हो ।
कार्यक्रममा काठमाडौ महानगरपालिकाका मेयर बिद्यासुन्दर शक्यले काठमाडौ र नुवाकोट लाई भगिनि सम्बन्ध बनाउन आफु उत्सुक रहेको बताए । उनले सम्पदाहरु लाई पर्यटन संग जोडे मात्र त्यसको संरक्षण हुने बताउदै अरुको नक्कल गर्दा सस्कृति, पर्यटनको जगेर्ना गर्न नसकिने बताए ।
कार्यक्रमको आयोजना ह्युमत महिला समुह काठमाडौ नेपालले गरेको हो । ह्युमत महिला समुह काठमाडौे नेपाललको विभिन्न स्थानमा विराजमान रहेको जिवित देवि कुमारीहरुको अवस्थाको बारेमा राज्यलाई जनकारी गराई उचित संरक्षण र सम्बद्र्धनको लागी पहल गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरेको समुह काठमाडौका अध्यक्ष मचानानी महर्जनले बताए।
समुहले नेपालको विभिन्न स्थानमा रहेको जिवित देवि कुमारीहरु रहेको स्थानमानै हजारौ भक्तजनहरुका साथ २०७० साल देखी पुजा सूरु गरेको बताएको छ । यो समुहले २०७३ सालमा दोश्रोपटक पुजा गरेको थियो ।
समुहले गत माघ ११ गते उपत्यकाको ८ जिवित देवि कुमारीहरुको पुजा सम्पन्न गरी आज नुवाकोटमा रहेको जिवित देवी कुमारीको पुजा गरेको हो ।
पुजाका लागी काठमाडौ बाट झन्डै ७ शय जना भक्तजनहरु नुवाकोट आएका थिए । नेपालमा नुवाकोटमा रहेको नुवाकोट कुमारी सहित बसन्तपुर कुमारी, मखन कुमारी, किलाघल कुमारी, तोखा कुमारी, साँखु कुमारी, भक्तपुर कुमारी, साँखु कुमारी, पनौती कुमारी, बुंगमती कुमारी, ललितपुर कुमारी र आजिवन कुमारीलाई जिवित देवि कुमारीहरुको रुपमा पुँजिदै आएको बताईएको छ ।
कार्यक्रममा प्रतिनिधिसभा सदस्य नारायणप्रसाद खतिवडा, प्रदेशसभा सदस्य हिरानाथ खतिवडा, केशव पाण्डे । बिदुर नगरपालिकाका प्रमुख सञ्जु पण्डितले मन्तब्य राखेका थिए ।


क्याटेगोरी : समाचार


प्रतिक्रिया दिनुहोस