Techie IT
गृहपृष्ठसमाचारगौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशाला निर्माणको लागीे ३ लाख बराबरको आलु सहयोग

गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशाला निर्माणको लागीे ३ लाख बराबरको आलु सहयोग


लिखु र पञ्चकन्या गाउपालिका बासीहरुले गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशाला निर्माणको लागीे ३ लाख बराबरको आलु सहयोग गरेका छन् ।
लिखु गाउपालीका वडा नं १ ,२ र ४, पंचकन्या गाउपालीकाको १ र २ नम्बर वडाहरुका कृषकहरुले एकसय २० बोरा करिब तिनलाख बराबरको आलु सोमबबबार हस्तान्तरण गरेकाहुन् ।
भगवान पौडेल, रामचन्द्र अगस्ती ,दिपकखनाल , बलराम ढकाल ,बाबुराम ढकाल ,गोपाल ढकाल ,रामराजाप्याकुरेल र गणेश खकुरालहरुको नेतृत्वमा गएको टोलीले सोमबार निर्माणधिन गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशाला मानै पुगेर आलु हस्तान्तरण गरेका थिए ।
लिखु र पन्चकन्या गाउँपालिकाका किसानहरु संग आलु संकलन गरि एक सय २० बोरा आलु सहयोग गरिएको समाजसेवी रामचन्द्र अगस्तीले जानकारी दिए । अगस्तीले रंगशाला निर्माणका लागि अझै सहयोग संकलनभइरहेको बताएका छन् ।
समाजसेवी अगस्तिले आफुहरुको सानो सहयोगले अन्य व्यक्तिहरुलाई पनि सहयोगको भावना जागृत गराउन सहयो स्वरुप आलु संकलनगरि सहयोग गरेको बताए ।


क्याटेगोरी : समाचार


प्रतिक्रिया दिनुहोस