नुवाकोटमा २ सय ४६ सवारीसाधन कारवाहीमा
ट्राफिक प्रहरी नुवाकोटले जिल्लाको विभिन्न स्थानमा चाडपर्वलाई लक्षित गरी विशेष चेकजाँच गरेकोमा २ सय ४६ सवारीसाधन कारवाहीमा परेका छन् ।
शनिबार र आईतबार चेकजाँचको क्रममा सवारीसाधनहरु कारवाहीमा परेको ट्राफिक प्रमुख भट्टराईले जानकारी दिए ।
त्यस्तै, क्षमता भन्दा बढी यात्रु राखी सवारी चलाउने ३८, आईचर ट्रकमा यात्रु ओसारपसार गर्ने ५२, ट्राफिक नियम उल्लङ्घन गरी सवारी चलाउने १५६ सवारीसधानलाई कारबाही गरिएको हो । कारवाहीमा परेको २ सय ४६ सवारीसाधनबाट १ लाख ७६ हजार ५ सय राजश्व सङ्कलन भएको छ ।
चाडपर्वको मौका छोपी बढी भाडा लिने चालकलाई जिल्ला ट्राफिक प्रहरी कार्यालय नुवाकोटले कारवाही गरेको छ । यात्रुको गुनासो तथा ट्राफिक प्रहरीको जाँचको आधारमा बढी भाडा असुल्ने ३ वटा सवारीसाधनलाई कारवाही गरी भाडा फिर्ता गर्न लगाईएको छ ।
क्याटेगोरी : समाचार
प्रतिक्रिया दिनुहोस