पृथ्वी माध्यमिक विद्यालय स्वर्ण जयन्ती मनाउँदै, यस्ता छन कार्यक्रम

नुवाकोट जिल्लाको सदरमुकाम विदुरमा रहेको पृथ्वी माध्यमिक विद्यालयले यो बर्ष स्वर्ण जयन्ती मनाउदै छ ।
बागमती प्रदेशकै उत्कृष्ट विद्यालयहरुमध्येको एक पृथ्वी माद्यमिक विद्यालय बि.स. २०३२ सालमा स्थापना भएको हो । यस विद्यालयले ५० औं बार्षिकोत्सवलाई पृथ्वी स्वर्ण जयन्ती महोत्सवका रुपमा मनाउने निर्णय गरेको छ ।
बिद्यालयले स्वर्ण जयन्ती महोत्सव २०८१ पुस २४ देखि पुस २८ सम्म ५ दिन मनाउने निर्णय गरेको हो । पृथ्वी स्वर्ण जयन्ती महोत्सवको उदघाटन समारोह पुस २४ गते गरिने र उक्त महोत्सवको समापन पुस २८ गते गरिने भएको छ ।
बिद्यालयले यो अवसरमा बिद्यालयका विद्यार्थीका प्रतिभा प्रस्फुटनका कार्यक्रम संगै अन्य थेरै प्रकारका कार्यक्रम डिजाइन गरेको छ ।
बिद्यालयले पुस २४ गते सास्कृतिक कार्यक्रम सहित उदघाटन , २५ गते खुला दौड प्रतियोगिता र science exhibition ,२६ गते फुड फेस्टिबल र २७ गते बिदुर नगरपालिकामा भएका माद्यमिक विद्यालयहरुबिच नगरस्तरिय सामुहिक लोक नृत्य प्रतियोगिता र रक्तदान कार्यक्रमको आयोजना गरेको छ ।
यस महोत्सवको समापन सास्कृतिक कार्यक्रम सहित पुस २८ गते हुनेछ ।
बिद्यालयले विद्यार्थीहरुका लागि २६ खेलहरु र विद्यार्थिका अभिभावकहरुलाई ४ खेलहरु समेत खेलाउन लागेको छ ।
क्याटेगोरी : देश, बिबिध, समाचार, समाज
प्रतिक्रिया दिनुहोस