Techie IT
गृहपृष्ठदेशराष्ट्रिय प्रजातन्त्र पार्टी नुवाकोटलाई मेरो सुझाव /रामचन्द्र अगस्ति

राष्ट्रिय प्रजातन्त्र पार्टी नुवाकोटलाई मेरो सुझाव /रामचन्द्र अगस्ति


राष्ट्रिय प्रजातन्त्र पार्टी नुवाकोटले आफ्नो कार्य समिती भरखरै मात्र सार्बजनिक गरेको छ ।
वडा, पालिका, प्रदेश र क्षेत्रीय अधिवेसन केहि समय अघि सकेर असोज ९ गते जिल्ला अबिधेसन सम्पन्न गरेको थियो । अबिधेसनमा वडा देखि केन्द्रिय प्रतिनिधीहरुले अब संगठन बलियो बनाउन पर्दछ मात्र भने तर के कसरी बनाउने भन्नेमा सबै आफैमा अलमल देखिन्थे ।
आफु कमजोर भएको मात्र महसुुस गर्ने बलियो बन्न नखोज्नेको भिडमा देखिए लिखु गाउपालिका वडा नं ४ का शभापती रामचन्द्र अगस्ति ।
उनले अब राप्रपा लाई बलियो बनाउन भाषणले होईन कामले हो भनेर आफु र जिल्लाले गर्नुपर्ने कामको शुझाव तयार गरि पेश समेत गरेका छन् । उनले जिल्लामा पेस संग संगै तिकामहरुको सुरुवात आफ्नो वडा बाट समेत गरिसकेका छन् ।
उनले सुझावमा लेखेका छन् ।
पत्येक वडामा पार्टी कार्यालय खोल्ने र कोर्ड झण्डा राख्न
प्रत्येक वडामा हरेक चाडपर्ब आउदा शुभकामना आदान प्रदान तथा चियापान समारोह राख्ने ।
प्रत्येक वडामा आर्थीक संकलन तथा लेवी संकलन गर्ने ।
सरसफाई तथा जनचेतना मुलक कार्यक्रम गर्ने ।
निम्न स्तर भएको परिवार पहिचान गरि सहयोग गर्ने ।
एक घर एक सक्रिय सदस्य बनाउने ।
मठ मन्दिर, रिती रिवाज लाई संरक्षण गर्ने ।

वडा स्तरमा बिभिन्न संगठन निर्माण गर्ने जस्तैः
महिला संगठन
किसान संगठन
बिधार्थी संगठन
श्रीमती संगठन
जेष्ठ नागरिक संगठन
सस्कृती संगठन ।
महंगी बिरुद्ध आवाज उठाउने
लगाएतका सुझाबहरु संकलन गरी जिल्लला कार्यसमिती लाई पेश गरेका छन् ।
यि र यस्ता कार्यहरु गरिरहदा संगठन बलियो हुने र जनता माझ आफुहरु सधै पुगिरहने बिश्वास उहाको रहेको छ ।


क्याटेगोरी : देश, बिबिध, मनोरञ्जन, राजनीति, विचार / ब्लग
ट्याग : #hot 100

प्रतिक्रिया दिनुहोस